रेसायुक्त खानेकुरा प्रशस्त खानुस्, यी राेगबाट बच्नुस्
रेसायुक्त खानेकुराले मुटुरोग, क्यान्सर र पाचन प्रणालीमा आउने समस्यालाई टाढा राख्छ। यस्तो खानेकुराले कोलेस्ट्रोल, रक्तचाप र मोटोपनालाई नियन्त्रणमा राखी ती रोगहरूबाट बचाउँछ।
न्युजिल्याण्डमा गरिएकाे एक अध्ययनका अनुसार रेसायुक्त खानेकुरा खाने व्यक्ति नखाने भन्दा हृदयाघात, मस्तिष्काघात र क्यान्सर जस्ता रोग लाग्नेमा कम जोखिममा हुन्छन्।
रेसायुक्त आहार बिरुवाबाट पाइने खानेकुरा जस्तै अन्न, गेडागुडी र फलफूल आदिमा बढी पाइन्छ। यो अध्ययन ‘युनिभर्सिटी अफ ओटागो, न्युजिल्यान्ड’का एन्ड्रिउ रेनल्डसले गरेका हुन्।
अध्ययनका अनुसार रेसायुक्त खानेकुरा खाने व्यक्तिहरू मृत्यु र दीर्घकालीन रोगको १५ देखि ३० प्रतिशतले कम जोखिममा रहन्छन्। यस किसिमको खानेकुरा सेवन गर्दा ३० प्रतिशतले हृदय र मस्तिष्काघात, १६ प्रतिशतले ‘टाइप–२’ मधुमेह र ३० प्रतिशतले हृदयरोगको सङ्क्रमणबाट हुने मृत्युको जोखिम कम गर्छ।
विश्वभर प्रतिव्यक्तिले दिनको २० ग्राम रेसायुक्त खानेकुरा खाने गरेको पाइन्छ। अध्ययनका अनुसार यी रोगको जोखिमबाट बच्न कम्तीमा २५ देखि २९ ग्राम रेसायुक्त खानेकुरा खान जरुरी हुन्छ भने बढी खाँदा अझ फाइदा हुन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण