स्वस्थ शरीरका लागि सन्तुलित खानपान

स्वास्थ शरीरका लागि सन्तुलित खानाको निकै नै महत्त्व हुन्छ। त्यसैगरी मुटुलाई स्वास्थ राख्न पनि सन्तुलित आहारको अावश्यकता पर्छ। त्यसैले शारीरिक आवश्यकताअनुसार खाने बानीको विकास गर्नुपर्छ। खाँदा कार्बोहाइड्रेड, चिल्लो पदार्थ, प्रोटिन र भिटामिनलाई आवश्यकताअनुसार लिनुपर्छ।
यी हुन् मुटु स्वास्थ राख्ने खाद्य पदार्थ
स्वास्थ मुटुका लागि फाइवरयुक्त खाद्य पदार्थको प्रयोग गर्नु पर्छ। गहुँ गेडागुडी, हरियो सागपातमा फाइवरको मात्रा हुन्छ। त्यस्तै, गेडागुडीलाई टुसाएर खानु अझ बढी लाभदायक हुन्छ। फपर, कोदो, जौ, मकै आदिले पनि मुटुमा सकारात्मक असर पार्छ।
शाकाहारी हुनु मुटुका लागि निकै राम्रो हो। तर सन्तुलित रूपमा माछा र मासुको प्रयोग गर्दा मुटुमा त्यति हानि पुग्दैन। माछा र कुखुराको मासुले भने कोलेस्ट्रोल कम गर्न मद्दत पुग्छ। तर जहिले पनि बिहान र दिउँसोको समयमा मात्र माछा मासुको प्रयोग गर्नुपर्छ।
बिहान बेलुकाको समयमा हरीयो सागपातको प्रयोग गर्दा अत्यन्त लाभदायक हुन्छ। दैनिक कम्तिमा एक पटक फलफूलको अनिवार्य प्रयोग गर्दा राम्रो हुन्छ। बेलुकाको खानामा दुईदेखि तीनवटा सख्खा गहुँको रोटी, साग र मौसमी तरकारीको प्रयोग गर्नुपर्छ। ८ बजे सम्ममा बेलुकीकाे खाना लिइसक्नु स्वस्थकर मानिन्छ।
बिहान एक छाक मात्र भात खाने गर्दा राम्रो हुन्छ। बढी शारीरिक श्रम गर्नेले अलि बढी आउनु पर्छ। बेलुकीको समय ढिलोगरी सुत्ने बानी तुरुन्तै हटाउनु पर्छ। लञ्च गरेको कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ। घिउ, तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम गर्दा उत्तम हुन्छ। खाना पकाउन लागि शुद्ध तोरीको तेल सबै भन्दा राम्रो हुन्छ। थोरै थोरै तर छोटो समयावधिमा खाँदा राम्रो हुन्छ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै