‘डा.केसीलाई ‘सेप्सिस’ हुनसक्ने सम्भावना’
के हो सेप्सिस?

सेप्सिस अर्थात् सम्पूर्ण शरीरमा एक पटक हुने संक्रमणकाे अवस्था। शरीरको एउटा भागबाट शुरु भएको संक्रमण जब रगतबाट शरीरमा सबैतिर फैलिन्छ यस्तो अवस्थालार्इ मेडिकल भाषामा ‘सेप्सिस’ भनिन्छ।
जब किटाणुहरुसँग लड्नसक्ने शरीरको क्षमता कम हुन्छ तब सानोभन्दा सानो संक्रमण पनि चाँडै फैलिने र सेप्सिस हुने जोखिम हुन्छ। यस्ता व्यक्तिलाई बाहिरबाट भेट्न आउने व्यक्तिबाट संक्रमण फैलिन सक्ने सम्भावना बढी हुन्छ। त्यसैले यस्ता व्यक्तिलाई कसैलाई पनि भेट्न नदिँदा राम्रो हुन्छ। बाहिरबाट आउने किटाणुले सिधै आक्रमण गरी बिराीलार्इ अझ बढी जोखिम बढ्छ।
यसका कारण उनीहरूसँगै आउने अनेक किसिमका संक्रमणको उच्च जोखिममा पनि यदि कसैलाई भेट्नुुपर्यो भने पनि ‘मेडिकेटेट मास्क’ लगाएर जान सुझाव दिइन्छ। डा. केसीलाई भेट्न आउने धेरैजसोलार्इ मास्क दिइएको भए पनि , त्यस्ता किसिमका मास्कले भाइरल संक्रमणबाट भने नजोगाउने चिकित्सकहरु बताउँछन्।
बिरामी कमजोर हुँदै गएको अवस्थामा संक्रमण शरीरभर फैलिन सक्ने सम्भावना बढ्छ। यसरी नसा नै प्रभावित भएको अवस्थामा रगतमा संक्रमण सजिलैसँग फैलिन्छ। अझ सेतो रक्त कोशिकाको मात्रा कम भएका ‘इम्युनोकम्प्रमाइज्ड’ बिरामीको हकमा त झन् शरीरभर संक्रमण फैलिएर सेप्सिस हुने सम्भावना उच्च रहन्छ।
केही दिनअघि प्रारम्भ भएको उनको घाँटीको संक्रमण पनि आगन्तुकहरुबाटै सरेको भाइरसका कारण हुनसक्ने चिकित्सकहरूको ठम्याइ छ। यसका अलावा यसपटक देखिएको सबै सबैभन्दा महत्त्वपूर्ण संक्रमण भने नसाको हो। सत्याग्रहको पाँचौ दिनबाट ‘स्लाइन’ पानी दिन खोलिएको नसामा संक्रमण देखिएको हो।
बिरामी कमजोर हुँदै गएको अवस्थामा संक्रमण शरीरभर फैलिन सक्ने सम्भावना बढ्छ। यसरी नसा नै प्रभावित भएको अवस्थामा रगतमा संक्रमण सजिलैसँग फैलिन्छ। अझ सेतो रक्त कोशिकाको मात्रा कम भएका ‘इम्युनोकम्प्रमाइज्ड’ बिरामीको हकमा त झन् शरीरभर संक्रमण फैलिएर सेप्सिस हुने सम्भावना उच्च रहन्छ।
डा.केसीको सन्दर्भमा माथिका लक्षणहरू मिल्दै गएको देखिन्छ। वार्ता टोली नबनेसम्मका लागि भद्र अवज्ञास्वरूप दुई दिनदेखि उनले रगत जाँच गर्न नमानेका कारण सेतो रक्त कोशिकामा भएका परिवर्तनहरू भने थाहा पाउन सकिएको छैन। यसरी रगतबाट फैलिएको सेप्सिसका कारण मृगौला, कलोजो, फोक्सोलगायतका अंगले बिस्तारै काम गर्न छाड्छ्न र केही दिनभित्रमै बिरामीको मृत्यु हुनसक्छ ।
अस्पताल भर्ना भएका बिरामी मध्य सेप्सिसका कारण हरेक १०० जनामा १० जनाको मृत्यु हुने एक अनुसन्धानले देखाएको छ । त्यस्तै ‘सेप्टिक सक’ नै भएको खण्डमा त्यसको मृत्युदर ४६ प्रतिशत रहेको चिकित्सकहरू बताउँछन्। तसर्थ सेप्सिसमा गएका बिरामीहरुलार्इ विशेष हेरचाहका साथ आर्इसीयूमा राखेर नसाबाट एन्टिबायोटिक्स दिइन्छ।
सेप्सिस एउटा भयानक रोग हो। यसले भेटेको मानिसको बाँच्ने सम्भावना कम नै हुन्छ। बाँचे पनि बिरामीको अवस्था पहिले जस्तो नभएर पूर्णतः असहाय स्थितिमा हुन्छ। यस्ता बिरामीलाई अनिवार्य रूपमा आर्इसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ। अन्यथा जुनसुकै बेला बिरामीको ज्यान जान सक्छ।
क्रिटिकल केयर विशेषज्ञ डा. सुभाष आचार्यसँगको कुराकानीमा आधारित।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै