Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सामान्य औषधि र थेरापीले ठीक पार्न सकिन्छ याैन दुर्बलतासम्बन्धी समस्या

सामान्य औषधि र थेरापीले ठीक पार्न सकिन्छ याैन दुर्बलतासम्बन्धी समस्या

नेपालमा पहिलोपटक मेट्रो काठमाडौं अस्पतालले यौन दुर्बलता भएका बिरामीहरूका लागि ‘सेक्सुअल हेल्थ क्लिनिक’ शुरु गरेको छ। यौन दुर्बलता भएका व्यक्तिहरूलाई  लक्ष्य गरी खोलिएको यौन इच्छामा हुने कमी, शीघ्र स्खलन, लिंगको उत्तेजनामा कमी, यौनक्रीडा गर्दा पीडा हुने, चरम उत्कर्षमा नपुग्ने, अस्वाभाविक वा अप्राकृतिक यौन व्यवहार अपनाउनेलगायत समस्या समाधान हुने बताइएकाे छ।

यो क्लिनिकको नेतृत्व हर्मोनरोग विशेषज्ञ डा. विनय भट्टराईले गरेका छन्। उनको टिममा साइक्याट्रिस्ट डा. अलोक झा, साउण्ड वेभ थेरापिस्ट मनिष क्षेत्री र महिला बिरामी हेर्न इन्डोक्राइनोलोजिस्ट डा. मधु पाण्डे छन्।

सेक्सुअल हेल्थ क्लिनिक के हाे? यसले के गर्छ? नेपालमा यसकाे किन पर्याे लगायत विषयमा डा. भट्टराईसँग गरिएको कुराकानी–

मेट्रो सेक्सुअल हेल्थ क्लिनिकको उद्देश्य के हो?

यौन दुर्बलता भएका व्यक्तिहरूलाई सही र सम्मानजनक रूपमा गुणस्तरीय उपचार गरी उनीहरूको जीवन सहज बनाउने नै हाम्रो एक मात्र उद्देश्य हो । त्यसैले हामीले यो अस्पतालमा नेपालमै पहिलोपटक यो क्लिनिक शुरु गरेका हौँ।
यहाँ हामीले कामको बाँडफाँड गरेका छौँ। हाम्रो टिम नै छ। सबैभन्दा पहिले बिरामीको समस्या किन भयो कारण पत्ता लगाइन्छ सोही कारण अनुसार उपचार ‘प्रोटोकल’ तयार हुन्छ।

महिला भए हामी महिला डाक्टरलाई नै हेर्न लगाउँछौँ, आफ्ना समस्या राख्न उहाँहरूलाई सजिलो होस् भनेर। सबैको गोप्यता कायम राखिन्छ। त्यसैले यो क्लिनिक पनि हामीले छुट्टै राखेका छौँ। हुन त यसरी छुट्याउनुपर्ने होइन। तर बिरामीलाई सम्मान गर्न जरुरी ठानेर हामीले त्यसो गरेका हाैँ।

के हो यौन दुर्बलता भनेको?

यौन इच्छा कम हुने, लिंगको उत्तेजनामा कमी आउनेलगायत समस्या यौन दुर्बलता  देखिन्छ। यौन जीवनमा खुशी नहुनु, यौनक्रिडा गर्दा पीडा हुनु हो। यसले मानिसलाई हिनताबोध गराउँछ र जीवन नै निरस बन्न पुग्छ। यो पनि एक किसिमको रोग नै हो जसको उपचार सम्भव छ। निको पार्न सकिने समस्यामा पनि बिरामी चुप लागेर बस्दा जीवन निरस बन्छ।

नेपालमा सही उपचार गर्ने केन्द्र नभएका कारण पनि बिरामी अलमलमा परेका छन्। जस्तो लाग्छ। यस्ता व्यक्तिमा हिनताबोध पनि हुन थाल्छ। जसलाई सामान्य औषधि र थेरापीले पनि ठीक पार्न सक्छौँ।

यो क्लिनिकल खोलिसकेपछि नेपालमा सेक्सुअल हेल्थसँग सम्बिन्धत समस्या कस्तो पाउनुभयो?

हेर्नुस्, यो यस्तो समस्या हो जसले सजिलै यो कुरा भन्न रुचाउँदैनन्। तर यसले भित्रभित्र धेरैको  जीनव तहसनहस पारिरहेको हुन्छ। कतिपयको समस्या सामान्य हुन्छ। तर लाजका कारण साथीभाइ परिवारसँग सेयर गर्दैनन र डाक्टरसँग पनि जाँदैनन्। यसले सेक्स जीवन सहज बन्न सक्दैन। अनि समस्या  शुरु हुन्छ। यस्ता धेरै बिरामी हामीकहाँ आउँछन्। जसको वैवाहिक जीवन राम्रो बन्न सकिरहेको छैन।

समस्या छ, तर उपचार छ भन्ने थाहा छैन। त्यसैले हामीले शुरु गरेका हौँ। यस्ता मानिसलाई हामी परामर्श पनि दिन्छौँ।

मधुमेह भएका बिरामीलाई यौन दुर्बलता हुने सम्भावना कतिको हुन्छ?

मधुमेह भएको पाँचदेखि १० वर्ष भएका ५० प्रतिशत पुरुषमा यौन दुर्बलता हुने एक तथ्यांकले देखएको छ। यस्ता व्यक्तिमा यौन इच्छा कम हुने, लिंगको उत्तेजनामा कमी आउनेलगायत समस्या देखिन्छ। तर मधुमेहका कारण यस्तो भएको होला भन्ने धेरैलाई थाहा नहुन सक्छ। थाहा भए पनि धेरै मानिस बाहिर यो कुरा गर्न चाहँदैनन्।

हामीले यहाँ आउने हरेकलाई उनीहरूकाे सेक्स जीवनबारे सोध्ने गरेका छौँ। त्यसैले यदि मधुमेह भएको पाँच वर्षभन्दा बढी भएको छ भने र यौनचाहना घट्दै गएको छ यसको उपचार हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ।

के–के उपचार पद्धति अपनाइन्छ, याे क्लिनिकमा? 

हामीले यस क्लिनिकमा विभिन्न उपचार पद्धति अपनाउँछौँ। जस्तै शुरुमा समस्या किन भएको छ पत्ता लागेपछि बिरामीलाई परामर्श दिन्छौँ र कुन उपचार चहिएको छ त्यही उपचार दिन शुरु गर्छौँ। हामीकहाँ औषधीद्वारा उपचार गर्ने त भई नै हाल्याे, त्यसबाहेक थेरापी चाहिने बिरामीलाई यो थेरापी दिइन्छ भने परामर्श मात्र चाहिने बिरामीलाई परार्मश दिन्छाैँ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार