Health TV Online
Health TV Online

‘चिकित्साक्षेत्रका सबै विधालार्इ समेटेकाे छ यसपटककाे फिजियोथेरापी सम्मेलनले’

‘चिकित्साक्षेत्रका सबै विधालार्इ समेटेकाे छ यसपटककाे फिजियोथेरापी सम्मेलनले’

‘पुनःस्थापनाका लागि बहुविधा’ नाराका साथ राजधानीमा अन्तर्राष्ट्रिय स्तरको फिजियोथेरापी सम्मेलन भइरहेको छ। यो सम्मेलन नेपाल फिजियोथेरापी संघले आयोजना गरेको हो। सम्मेलनबारे संघका महासचिव समिद कटिला श्रेष्ठसँग गरिएको कुराकानी–

चिकित्साक्षेत्रका अन्य विधाजस्ताे फिजियोथेरापीको बारेमा त्यति कुरा हुँदैन नि ! किन? 

हो ,पहिलेपहिले फिजियोथेरापीबारे धेरैलाई त्यति ज्ञान थिएन। त्यसैले पनि चर्चा कम हुन्थ्यो  तर पहिलेको तुलनामा आजभोलि कुरा मात्र हाेइन सर्वसाधारणले पनि यसको महत्त्व पनि बुझ्न थालेका छन्।

नसा, हाडजोर्नीलगायत समस्याले अपांगता भएका वा अन्य समस्या भएकालाई , म्यानुअलथेरापी, इलेक्टो थेरापीसहित एक्सरसाइज थेरापीको प्रयोगबाट उपचार गरिने विधा हाे याे। फिजियोथेरापी विधा रोकथाम र पुनःस्थापनामा विशेष रूपमा लोकप्रिय छ।  हाडजोर्नी,नसा, मस्तिष्काघातलगायत समस्यामा यो अझ बढी लाभदायी छ। यसको बारेमा सबैले बुझ्नु जरुरी छ ।

याे पटककाे फिजियोथेरापी सम्मोलनमा के के हुँदैछ?

यो हाम्रो नवौँ सम्मेलन हो। यसपालि फिजियोथेरापी क्षेत्रमा भएका नयाँ नयाँ उपलब्धिबारे छलफल हुनेछ। विभिन्न देशका विशेषज्ञ आउँदै हुनुहुन्छ। नयाँ कुरा सिक्न हामीहरूका लागि याे  ठूलो ‘प्लेटफर्म’ हो।शारीरिक रूपमा अशक्तको उपचारका लागि विभिन्न विधाका विशेषज्ञको सहकार्य जरुरी हुन्छ भनेर योपटक हामीले पुनःस्थापनाका लागि बहुविधा भन्ने नारा अघि सारेका छौँ ।

यसपालि फिजियोथेरापी क्षेत्रमा भएका नयाँ नयाँ उपलब्धिबारे छलफल हुनेछ। विभिन्न देशका विशेषज्ञ आउँदै हुनुहुन्छ। नयाँ कुरा सिक्न हामीहरूका लागि याे  ठूलो ‘प्लेटफर्म’ हो। शारीरिक रूपमा अशक्तको उपचारका लागि विभिन्न विधाका विशेषज्ञको सहकार्य जरुरी हुन्छ भनेर योपटक हामीले पुनः स्थापनाका लागि बहुविधा भन्ने नारा अघि सारेका छौँ ।

कुन कुन देशबाट विशेषज्ञ आउँदैछन्? कस्ता खालका कार्यपत्र प्रस्तुत हुँदैछन्?

यो हरेक दुई वर्षमा हुने सम्मेलन हो। सम्मेलनमा अमेरिका, न्युजिल्याण्ड,अष्ट्रेलिया, सिंगापुर र बंगलादेश लगातका विशेषज्ञ आउँदैछन्। त्यसैले यसपालि हामी अझ बढी उत्साहित छौँ। यसपटक हामीले धेरै क्षेत्रबाट विशेषज्ञ बोलाएका छौँ। जस्तै– अर्थो, न्यूरोका विशेषज्ञहरू पनि आएर कार्यपत्र प्रस्तुत गर्दै हुनुहुन्छ । किनभने यो एकीकृत क्षेत्र हो। सबैसँग जोडिएको छ ।

हामीले प्रि कन्फरेन्सका रूपमा पहिलो दिन मेडिसिटी अस्पताल र ट्रमा सेन्टर र दोस्रो दिन धुलिखेलमा यसका बारेमा छलफल गर्ने कार्यक्रम छ। सम्मेलनमा झण्डै ५०० जनाको सहभागिता रहनेछ। यसपटक सहभागी धेरै भएर समय अगाडि नै रजिस्ट्रेसन रोक्नुपर्यो।

सम्मेलनमा १६ वटा विशेषज्ञ कार्यपत्र प्रस्तुत हुनेछन्। विशेष गरेर ३ वर्षअघि गएको भूकम्पमा परी अंगभंग भएका व्यक्तिलाई बहुविधा प्रयोग गरेर पुनःस्थापनाका लागि एकीकृत प्रयास कसरी गर्न सकिन्छ भन्ने विष्यामा पनि छलफल हुनेछ।

यसपटकको सम्मेलन कसरी फरक छ ? 

यसपटकको सम्मेलन शारीरिक रूपमा अशक्त भएकाको पुनःस्थापनाका लागि आएका नयाँ विधि र प्रविधिमा बढी केन्द्रित हुनेछ। यस्तै बहुविशेषज्ञ समन्वयबाट प्रभावकारी उपचार गर्न सकिनेबारे छलफल केन्द्रित हुनेछ। साथै सबै पक्ष समिटने भएर अझ बढी सिकाइ र अनुभव गर्ने मौका मिल्नेछ।

यो सम्मेलनमा हाडजोर्नी तथा ट्रमा, नसारोग विशेषज्ञ , फिजियोथेरापिस्ट, साइक्याट्रिक  र बिरामीको हेरचाह गर्ने पक्ष नर्स एवम स्वास्थ्यकर्मी समेत एकै ठाउँमा भेला भएका छन् । बिरामीको उपचार र पुनःस्थापनामा प्रभावकारी नतिजा दिने प्रयासस्वरूप यस्तो प्रयत्न गर्न लागिएको हो।

साथै सम्मेलनकाे अन्तिम दिन शनिबार अधिवेशनबाट नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम छ।

हेर्नुहाेस् भिडियाे–

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार