Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘समुदाय स्तरमा पनि आवश्यकता छ, मिडवाइफको’

‘समुदाय स्तरमा पनि आवश्यकता छ, मिडवाइफको’

मिडवाइफले आमा र नवजात शिशुकाे मृत्य घटाउन महत्त्वपूर्ण भूमिका खेल्छन्। विकसित मुलुकमा आमा तथा नवजात शिशुको स्याहारका लागि मिडवाइफ पहिलो नम्बरमा आउँछन्। तर नेपालमा भने भर्खर मात्र मिडवाइफको चर्चा हुन थालेको छ।

सरकारले स्नातक तहमा मिडवाइफ्री शिक्षा शुरु गरेको झण्डै तीन वर्षपछि पीसीएल तहमा पनि पढाइ शुरु गर्दैछ। यही सेरोफेरोमा मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष किरण बज्राचार्यसँग गरिएको कुराकानी–

मिडवाइफको मुख्य काम के हो?

सामान्य भाषामा मिडवाइफ भनेका दक्ष प्रसूतिकर्मी हुन्। मिडवाइफले कुनै पनि स्वास्थ्य संस्थामा स्वतन्त्र रूपमा सामान्य अवस्थामा हुने गर्भवतीलाई जाँच गर्ने, आवश्यक परे औषधि दिने र सम्मानजनक प्रसूति गराउने, मात्र नभई सुत्केरी भइसकेपछि नवजात शिशुको स्याहारमा सल्लाह दिने काम गर्छन्।

साथै मिडवाइफले महिलाको गर्भमा बच्चा आएदेखि जन्मिने वेलासम्मको रेखदेख गर्ने काम गर्छन्, जसले गर्दा भविष्यमा आउन सक्ने जटिलताका  बेलैमा पत्ता लगाई समाधान गर्न सकिन्छ।

मिडवाइफ्री शिक्षा पीसीएल लेबलमा पनि शुरु हुँदैछ ? यो किन आवश्यक छ ?

हो, हामीले सरकारसँग मिलेर ‘पीसीएल लेवल’का पाठ्यक्रम निर्माण गरिसकेका छौंँ। त्यसको ‘रिभ्यू’ पनि भइसकेको छ। अब हामी चाँडै नै यसको पढाइ शुरु गर्न सक्छौँ। शुरुमा सीटीईभीटीमार्फत शुरु हुन्छ। यो पढाइ शुरु भएपछि समुदाय स्तरका गर्भवतीलाई ठूलो राहत मिल्नेछ।

नर्स सबै बिरामीको सेवामा लागिरहेका हुन्छन्। चिकित्सकले लेखेबमोजिम बिरामीलाई औषधि दिने, बिरामीको ख्याल गर्ने , स्वास्थ्य अवस्था ‘अपडेट’ गराउने जस्ता काम नर्सले गर्छन् भने मिडवाइफ नितान्त आमा र नवजात शिुशुसँग जोडिएका हुन्छन्।

धेरै दिदीबहिनी गाउँमा बस्छन्। उनीहरूलाई त्यहीँ दक्ष प्रसूतिकर्मीबाट सेवा दिर्इ बच्चा र अामाकाे ज्यान बचाउन सकिन्छ भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएका हौँ। स्नातक तहका मिडवाइफ अस्पतालमा हुन्छन्। हामीलाई समुदाय स्तरमा पनि मिडवाइफको आवश्यकता छ। त्यसैले पनि यो कोर्स अत्यन्त आवश्यक छ भनेर शुरु गर्न लागेका हौँ।

नर्सले र मिडवाइफले दिने सेवामा केही फरक छ?

दुवै पेशा स्वास्थ्यका क्षेत्रमा उक्तिकै आवश्यक छन् यसमा बुझुनुपर्ने कुरा के हो भने नर्स सबै बिरामीको सेवामा लागिरहेका हुन्छन्। चिकित्सकले लेखेबमोजिम बिरामीलाई औषधि दिने, बिरामीको ख्याल गर्ने , स्वास्थ्य अवस्था ‘अपडेट’ गराउने जस्ता काम नर्सले गर्छन् भने मिडवाइफ नितान्त आमा र नवजात शिुशुसँग जोडिएका हुन्छन्।

उनीहरूको काम गर्भवतीमा आउने जटिलता हेर्नेदेखि सम्मानजनक सुत्केरी गराउनेसम्म पर्छ। यसको मतलब उनीहरूको काम आमा र शिशुमा मात्र ‘फोकस’ हुन्छ। उनीहरूले त्यही पढेका हुन्छन् र  विशेषज्ञता पनि त्यसै हासिल गरेका हुन्छन्।

सामान्य अवस्थाको सुत्केरी गराउन मिडवाइफले आफैँले स्वतन्त्र रूपमा निर्णय लिन सक्छन्। जटिलता आउने भएमा मात्र चिकित्सककोमा पठाइन्छ। साधारणतया जटिलता आएमा डाक्टर, नर्स, मिडवाइफ सबै मिलेर काम गर्ने हो। यो ठूलो यो सानो भन्ने नै हुँदैन। धेरैलाई यो कुरा बुझाउन आवश्यक छ।

नेपालमा मिडवाइफ्रीको पढाइ कहाँ कहाँ हुन्छ?

नेपालमा स्नातक तहको मिडवाइफहरूको पढाइ सन् २०१६ मा शुरु भएकाे हो। सन् २००६ मै सरकारले दक्ष प्रसूतिकर्मी नीति ल्याए पनि पढाइ शुरु हुन भने निकै समय लाग्यो । नेपाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स वीर अस्पताल नर्सिङ क्याम्पसले तीन वर्षे र काठमाडौँ विश्वविद्यालयले चार वर्षे कोर्ष सञ्चालनमा ल्याएका छन्।

साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाले केही दिनअघि मात्र कोर्स शुरु गरिसेको छ। अहिले शुरु गर्न लागेको पीसीएल लेवलको कोर्स चाँडै सीटीइभीटीमार्फत शुरु हुँदैछ। त्यसलाई पनि विस्तार गर्दै लग्नुपर्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार