Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जाडोमा स्वस्थ रहन अपनाउनुस् यी उपाय

जाडोमा स्वस्थ रहन अपनाउनुस् यी उपाय

हेल्थ टिभी अनलाइन : जाडोको मौसममा रुघाखोकी, ज्वरो, जण्डिस आदि समस्याले सताउँछ। विशेषगरी बालबािलका र वृद्धवृद्धा यो समयमा बढी प्रभावित हुन्छन्। त्यसैले जाडोबाट बच्न आफू र बालबालिका र वृद्धवृद्धाका लागि सावधानी अपनाउनुपर्छ।

चिसोबाट बच्न न्यानो कपडा लगाउनुका साथै तातो तथा झोल पदार्थहरू सेवन गर्नु लाभदायक मानिन्छ। जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँड्डुल नगर्दा नै धेरै राम्ररो हुन्छ । हिँड्डुल गर्नै पर्ने भए न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनुपर्छ। बच्चाहरूलाई धेरै बाक्ला कपडा लगाइिदएर गुम्स्याउँदा पनि पसिना निस्केर त्यसैको चिसोले निमोिनया हुनसक्छ।

हात, शरीरमा रोग लाग्नुको धेरै मध्ये एक प्रमुख कारण हो। जाडोको समयमा हात धुने वा सफा राख्न अल्छी गरिन्छ। स्वस्थ रहनका लागि बारम्बार हात धुन जरुरी हुन्छ। हात सफा राख्नको लागि ‘स्यानिटाइजर’ को प्रयोग गर्न सकिन्छ। हात धुँदा हतार नगरी कम्तीमा २० सेकेण्ड साबुन पानीले धुनुपर्छ। हात पुछ्नका लागि आफ्नो छुट्टै सफा तौलिया वा ‘टिसु पेपर’को प्रयोग गर्न सकिन्छ। हातले अनावश्यक रूपमा मुख र नाक छुनुहुँदैन।

आफूले प्रयोग गर्ने फोन, कम्प्युटर आदि ‘एन्टिसेप्टिक वाइप्स’को प्रयोग ले नियमित सफा राख्न जरुरी हुन्छ। प्रयोग गरिसकेको टिसु पेपर जस्ता कुराहरु सहि ठाँउमा फाल्नु पर्छ। रुघाखोकी भएका व्यक्तिबाट टाढा बस्ने वा सँगै हुँदा आफ्नो नाक र मुख छोप्ने गर्नुपर्छ।

रोग प्रतिरोधात्मक शक्ति बढाउन नियमित व्यायाम गर्नुपर्छ। बिरामी भइसकेको छ भने पनि व्यायाम गर्न सकिन्छ। शरीरले आराम पाउन निकै जरुरी हुन्छ। त्यसकारण कम्तीमा ८–१० घण्टा सुत्नुपर्छ। फलफूल र हरियो सागसब्जीले रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकोले अरु खानेकुरा भन्दा यी खानेकुरामा जोड दिनुपर्छ। मौसमी फलफूल विशेष गरेर भिटामिन ‘सी’युक्त फलफूलको सेवन धेरै गर्नुपर्छ ।

दूधमा प्रोटिन, भिटामिन ‘ए’, ‘बी १२’, क्याल्सियम हुने भएकाले जाडोमा यसको सेवन गर्नु उत्तम मानिन्छ। जाडोको समयमा आँगन, छत वा पार्कमा बसेर घाम ताप्नु पनि स्वास्थ्यका लागि लाभदायी हुन्छ। बन्द कोठाभित्र बसेर आगो वा हिटर ताप्ने गर्नुहुँदैन। राम्रोसँग हावा आवतजावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्नुपर्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।