चिसो मौसममा प्रशस्त खानुस् मेथीको साग, यस्ता छन् फाइदा
हेल्थ टिभी अनलाइन : हिउँद याममा शरीरलाई चिसो र अन्य संक्रमणबट बचाउन खानपानमा विशेष ध्यान दिनुपर्छ। यो वेला खानामा प्रशस्त मात्रामा सागसब्जी खाँदा चिसोबाट बच्न सकिन्छ।
मेथीको दाना हामी नियमित रूपमा तरकारीमा प्रयोग गर्छौँ। मेथी फुराउँदा तरकारी स्वादिष्ट बन्ने मात्र नभई स्वास्थ्यका लागि समेत प्रभावकारी हुन्छ।
भिजाएर अंकुरित मेथी खाँदा विभिन्न रोग निर्मूल हुन्छ। मेथी मात्र होइन, यसको साग पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। मेथीको सागको अझ स्वास्थ्यका दृष्टिले तुलनात्मक रूपमा बढी नै उपयोगी छ। यसले चिसोका साथै अन्य शारीरिक समस्याबाट पनि जोगाउँछ।
मेथीको साग नियमित खाँदारक्तचाप नियन्त्रण हुन्छ। मेथीको सागमा प्रचुर मात्रामा एमिनो एसिड हुने भएकाले यसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न सक्छ।
मेथीको सागमा गेलोप्टोमाइनन नामक तत्त्व हुने हुँदा यसले हाम्रो मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ। नियमित रूपमा मेथीको साग खाँदा कोलेस्ट्रोल नियन्त्रण हुन्छ।
मेथीको सागमा प्रशस्त मात्रामा फाइबर र एन्टिअक्सिडेट हुन्छ। नियमित रूपमा सेवन गरे शरीरमा भएका विकार बाहिर निकाल्न मद्दत सक्छ। नियमित रूपमा मेथीको साग खाने गर्नाले मोटोपना हुँदैन।
मेथीको सागलाई पानीमा उमालेर नियमित रूपमा मुख धुने गर्नाले अनुहारको पोतो तथा चाया हट्छ।
औषधिको सही प्रयोग किन आवश्यक छ ?
वर्षौदेखि नियन्त्रणका सेवा विस्तार हुँदाहुँदै पनि किन अन्त्य हुन सकेन क्षयरोग ?
किष्ट अस्पतालमा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने