Health TV Online
Health TV Online
Health TV Online

यी हुन् कपालमा चाया पर्ने कारण

यी हुन् कपालमा चाया पर्ने कारण

हेल्थ टिभी अनलाइन : चायाले तपाईँ हामी धेरैलाई दुःख दिएको हुन सक्छ । हेलचेक्र्याइँ गर्दा यो समस्याले जटिल रूप पनि लिन सक्छ। चायाले कपाल झार्ने समस्या पनि निम्त्याउन सक्छ। चायाको समस्यालाई हेलचेक्र्याइँ गर्दा तालु रातो हुने, अत्यधिक चिलाउने, तालुबाट रगत बग्ने लगायतका समस्या हुने गर्छ। यस्तो अवस्थामा तत्काल चिकित्सककहाँ जानुपर्छ।

यी हुन् कपालमा चाया पर्ने कारण

सरसफाइमा ध्यान नदिँदा, कपाल कम नुहाउने बानीले कपालमा चाया पर्न सक्छ।

शरीरमा हुने हर्मोन परिवर्तनका कारण पनि चायाको समस्या हुन्छ।

कतिपयमा वंशाणुगत कारणले पनि चाया पर्ने गर्छ। चायाको कारक टाउकोको छालामा बढी समस्या हुनु, अस्वस्थकर खाना, कपालमा रसायन बढी प्रयोग पनि हो ।

सुक्खा वातावरणमा बस्ने मानिसमा पनि चायाको समस्या हुन्छ।

लामो समयदेखि तनाव, थकान, चिन्ता, टाउकोको एलर्जी लगायतका कारण पनि कपालमा चाया पर्छ।

बच्ने उपाय
स्वास्थ्यकर भिटामिनयुक्त खाद्य पदार्थको प्रयोगले चायाको समस्याबाट बच्न सकिन्छ।

चायाबाट बच्न नियमित रूपमा कपाल नुहाउँदा राम्रो हुन्छ। तर टाउको नुहाउन बढी मात्रामा स्याम्पुको प्रयोग गर्नुहुँदैन।

कपालको सौन्दर्य बढाउन अत्यधिक रसायनको प्रयोग गर्ने बानी हुन्छ। यो घातक हो। त्यस्तै त्यस्तो बानी तत्काल हटाउँदा राम्रो हुन्छ।

चायालाई पूर्णरूपमा निको पार्न भने सकिँदैन। यसलाई न्युन भने गर्न सकिन्छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।