घरमै गर्न सकिन्छ रुघाखोकीको उपचार
हेल्थ टिभी अनलाइन : केही दिनदेखि चिसो बढेको छ। चिसोका कारण सबै उमेर समूहका मानिसमा स्वास्थ्य समस्या देखिने गर्छ। विशेषगरी बालबालिका वृद्धवृद्धालाई चिसोले बढी असर गर्छ।
चिसो मौसममा सबैभन्दा बढी देखि समस्या हो, रूघाखोकी। चिसोका कारण नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिँउ आउने, खान मन नलाग्ने, थकाइ महसुस हुने लगायतका समस्या देखिन्छ।
चिसोबाट बच्न र रूघाखोकीबाट छुटकारा पाउनका लागि बजारमा पाइने औषधिभन्दा घरमा पाइने सामग्रीलाई औषधिको रूपमा प्रयोग गर्न सकिन्छ। यस्ता घरेलु सामग्रीले रूघाखोकीबाट बच्न मद्दत गर्छ।
बेसार– हरेक दिन बिहान खाली पेटमा ३ ग्राम देखी ६ ग्राम शुद्ध बेसार मनतातो पानीमा मिसाएर नियमित ३् ४ दिनसम्म लगातार सेवन गर्नाले रुघाखोकी सञ्चो हुन्छ।
तुलसीको पात– ४्५ वटा तुलसीको पात तातोपानीमा राखेर हरेक दिन बिहान खाली पेटमा सेवन गरे रुघाखोकीबाट बच्न सकिन्छ।
तुलसी र मह– तुलसीको ४्५ वटा पातलाई नियमित महमा मिसाएर खाएमा पनि खोकी निको हुन्छ।
अदुवा र मह– अदुवालाई हल्का पोलेर महसँग मिसाएर नियमित सेवन गरेमा पनि रुघाखोकीबाट बच्न सकिन्छ।
ज्वानो, वेसार, अदुवा– ज्वानो, वेसार र अदुवालाई मिसाएर पानीमा पकाएर हरेक दिन बिहान बेलुका आधा गिलास खाने गरेमा पनि रुघाखोकी निको हुन्छ।
रुदिलो– गाउँघरमा पाइने रुदिलो पानीमा पकाएर हरेक दिन नियमित सेवन गर्नाले रुघाखोकी र चिसोबाट निम्तिने श्वासप्रश्वाससम्बन्धी समस्या पनि समाधान हुन्छ।
गुर्जोको लहरा– यसलाई थिचेर यसको रस नियमित सेवन गरेमा पनि रुघाखोकी, ज्वरोबाट बच्न सकिन्छ।




यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?
वर्षौदेखि नियन्त्रणका सेवा विस्तार हुँदाहुँदै पनि किन अन्त्य हुन सकेन क्षयरोग ?