स्वास्थ्यका लागि उपयोगी सयपत्री फूल
हेल्थ टिभी अनलाइन : तिहारलाई फूलैफूलको चाड पनि भनिन्छ । । तिहारमा सर्वत्र हुने फूल हो सयपत्री। हिजोआज त हाइब्रिड प्रविधिबाट बाह्रै महिना यो फूल फुलाइन्छ। तिहारमा घरका झ्यालढोका सजाउन, देवी लक्ष्मीको पूजा गर्न र दिदीबहिनीले दाजुभाइका गलामा लगाइदिन सयपत्री फूलको असाध्यै महत्त्व छ।
स्वास्थ्यरक्षाका लागि पनि सयपत्री त्यति नै उपयोगी मानिन्छ। यी हुन् सयपत्री फूलबाट लिन सकिने फाइदाहरू-
–सयपत्री फूललाई सुकाएर चियाका रूपमा प्रयोग गर्दा पेटसम्बन्धी विभिन्न रोगजस्तै ग्यास्ट्रिक, अल्सर, पेटमा एसिड बढेको निको हुन्छ।
–सयपत्री फूललाई सुकाएर पिसेर लगाउनाले अनुहार सफा हुन्छ। अनुहारमा आएका घाउ खटिरा पनि निको हुन्छ।
–आँखा र छालामा हुने विभिन्न समस्यामा सयपत्रीले औषधिको काम गर्छ।
–सुकेको सयपत्री फूललाई तातोपानीमा हालेर नियमित पिउनाले मुखको घाउ बिसेक हुन्छ।
–सयपत्रीलाई उमालेर पिउनाले रुघाखोकी र ज्वरो ठिक हुन्छ। एजेन्सी
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै