गुणकारी फल अनार
हेल्थ टिभी अनलाइन : एक कप अनारको दानाबाट, ७ ग्राम फाइबर, ३ ग्राम प्रोटिन, दैनिक आवश्यकताको ३० प्रतिशत भिटामिन सी, ३६ प्रतिशत भिटामिन के, १६ प्रतिशत चिल्लो पदार्थ, १२ प्रतिशत पोटासियम पाइन्छ।
नियमित अनार खाँदा शरीरमा रगतको मात्रा बढ्छ । अनारमा पाइने एन्टिअक्सिडेन्टले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । त्यसैले, मधुमेहका बिरामीका लागि अनार लाभदायक छ।
अनारको जुसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ। यसले रगत पातलो बनाउनुका साथै रक्तबाहिनी नलीमा हुने सुजनसमेत कम गर्छ।
यसले शरीरमा हुने विकारयुक्त वस्तु बाहिर निकाल्न सहयोग गर्छ। साथै, प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँछ।
पाचन प्रणाली राम्रो बनाउनुका साथै रगतमा डब्लुबिसीको मात्रा पनि बढाउँछ । अनारमा पाइने सेच्युरेटेड एसिडका कारण तौल कम गर्न सहयोग गर्छ।
अनारमा भिटामिन, मिनरल, फ्लोरिक एसिड, पोटासियम प्रचुर मात्रामा पाइन्छ । त्यसैले गर्भवती महिलाले अनार खानु झनै फाइदाजनक हुन्छ। यसका साथै, अनारले महिलामा स्तन क्यान्सरको सम्भावनासमेत कम गर्छ।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार