खाना खानेबित्तिकै नगर्नुस् यी काम
हरेक मानिसका आ–आफ्ना बानी हुन्छन्। थाहा पाएर वा नपाएर तिनले फाइदा पनि पुर्याइरहेका हुन्छन्। केही बानीले मानिसलाई हानि पनि गरिरहेका हुन्छन्।
खाना खाइसकेपछि केही न केही गर्ने धेरै मानिसको बानी हुन्छ। केही यस्ता काम छन् जो खाना खानेबित्तिकै गर्दा शरीरमा गम्भीर असर पुग्न सक्छ। खाना खानेबित्तिकै गर्न नहुने केही काम–
पानी नपिउनुस् : मानव शरीरका लागि अत्यावश्यक मानिन्छ पानी। तर, कुनै बेला यो घातक पनि हुन सक्छ। जस्तो, खाना खानेबित्तिकै। हो खाना खानेबित्तिकै पानी नपिउनुस्। यसले पाचनप्रणालीमा असर पुर्याउँछ।
फल नखानूस् : प्राकृतिक रूपमा पाकेका ताजा फल खानु स्वास्थ्यवर्धक मानिन्छ। तर त्यही फल परिस्थितिअनुसार विष पनि बन्न सक्छ। खाना खानेबित्तिकै कुनै पनि प्रकारको फल सेवन गर्नु हानिकारक हुन्छ।
खानेबित्तिकै नसुत्नुस् : खाना खानेबित्तिकै सुतिहाल्ने धेरै मानिसको बानी हुन्छ। यस्तो बानी छ भने हटाइहाल्नुस्। यसले पनि शरीरलार्इ हानि पुर्याउँछ।
ननुहाउनुस् : खाना खानेबित्तिकै नुहाउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ। बरू नुहाएर खाना खानुचाहिँ स्वास्थ्यवर्धक मानिन्छ।
मदिरा नपिउनुस् :त्यसै पनि मदिरा पिउनु स्वास्थ्यका लागि हानिकारक छ। झन् खाना खानेबित्तिकै मदिरा पिउँदा मुटुसम्बन्धी समस्याले सताउन सक्छ।
चुरोट नपिउनुस् :चुरोट पिउनु पनि तपाइँ मात्र होइन नजिक बस्नेको स्वास्थ्यका लागि पनि हानिकारक मानिन्छ। खाना खानेबित्तिकै चुरोट पिउँदा त क्यान्सरको खतरा झन् बढ्छ।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन