निन्द्रा नपुग्दा देखिन्छन् अनेकौं समस्या
हेल्थ टिभी अनलाइन : स्वस्थ शरीरमा लागि जसरी स्वस्थकर खाना आवश्यक हुन्छ त्यसैगरी सही मात्रामा निन्द्रा पनि आवश्यक पर्छ । प्रयाप्त मात्रामा निन्द्रा नपुग्दा मानव स्वास्थ्यमा अनेकौं स्वास्थ्य समस्याहरु देखिन थाल्ने बताउँछन् चिकित्सक । यदि निन्द्रा प्रयाप्त मात्रामा पुगेन भने शरीरले प्रतिक्रया देखाउन थाल्छ ।
निन्द्रा मानव शरीरका लागि अत्यन्त आवश्यक कुरा हो। यदि ६ देखि ७ घण्टा निन्द्रा भएन भने त्यसले मोटोपना, उच्च रक्तचाप, ह्दयरोग, मस्तिष्कघात, डिप्रेसन, मधुमेह जस्ता समस्या निम्त्याउन थाल्छ । अर्को कुरा पूरा निद्रा नसुत्ने मानिसहरुले पछि गएर निन्द्रा नै नपर्ने तथा शारीरिक तथा मानसिक समस्यासँग जुध्नुपर्ने सम्मको समस्याको सामना गर्नुपर्ने हुनसक्छ । निन्द्रालाई व्यवास्ता गर्दा शरीरमा अनेकौं समस्या देखिन थाल्छन्। त्यसैले सानैदेखि समयमा सुत्ने र समयमा उठ्ने बानीको विकास गर्नुपर्छ । साथै दैनिक कम्तीमा ६ देखि ७ घण्टा बिना कुनै रोकावट सुत्नैपर्ने बताउँछन चिकित्सक । यसले शरीर स्वस्थ मात्र हैन स्फुर्त राख्न मद्दत गर्छ ।
निन्द्रा नपुग्दा शरीरमा आलस्य हुन जान्छ र त्यसले दिनभरी नै उर्जा दिन सक्दैन । निन्दा मारेर राती अबेरसम्म मोबाइल हेर्नु, कम्प्युटरमा बस्नु तथा लेट नाइट पार्टी गर्नु स्वास्थ्य समस्या निम्त्याउने प्रमुख कारक हुनसक्छ । त्यसैले जब शरीरले निन्द्राको महशुस गर्छ त्यसबेला सुत्नैपर्छ । हाम्रो शरीरको बनोट नै त्यसरी बनेकाले शरीरको माग अनुसार हामी चल्नैपर्छ यसको विपरित गयौं भने त्यसबेला समस्याहरु देखिन थाल्छन ।
राम्रो निन्द्राका लागि राती सुत्ने बेलामा सकारात्मक कुुराहरु सोच्ने, हल्का खाना खाने, सजिलो लुगा लगाउने, मधुरो बत्ती बाल्ने तथा मधुर संगित सुन्न सकिन्छ ।







Pledges to Curb Antimicrobial Resistance Must Urgently Translate into Action
वरिष्ठ युरोलोजिष्ट डा सञ्जय खड्गीलाई अन्तराष्ट्रिय अवार्ड
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण
बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो