मौसमी रूघाखोकी र घरेलु उपचार
हेल्थ टिभी अनलाइन : चिसो बढेसँगै मौसमी रुघाखोकी एवम ज्वरोका बिरामीको संख्या बढ्दो छ । यो बेला साना ठूला सबैलाई रुघाखोकी लाग्ने र ज्वरो आउने हुन सक्छ।
यसमा कुनै जटिलता नभएसम्म ‘एण्टिवायोटिक’ भनिने साधारणतया ब्याक्टेरिया मार्ने औषधिको कुनै उपयोगिता छैन। उल्टै यसले हानि हुन सक्छ। त्यसैले सामान्य रुघाखोकीमै एन्टीवायोटिकको प्रयोग गर्न हुँदैन ।
घरैमा पूर्ण विश्राम, पचाउन सजिलो राम्रोसित पकाएको खानेकुरा, पर्याप्त मात्रामा उमालेर सेलाएको पानी र ल्वाङ राखी उमालेको पानी पिउनाले छिटो सञ्चो हुन सहयोग पुग्छ। सजिलै सर्न सक्ने भएकाले अरुलाई जोगाउनका लागि साधारणतया ज्वरो आइञ्जेल अलग्गै बस्ने गर्नुपर्छ।
रुघाखोकीसहितको ज्वरो हो भने तुलसीको रस र अदुवाको रस केही थोपा एक चम्चा महमा मिसाई चाट्दै गर्नाले धेरै लाभ हुन्छ। धेरै नै गाह्रो भएमा भने नजिकको स्वास्थ्य संस्थामा गएर जाँच गर्न सकिन्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण