यस्ता छन् सयपत्री फूलका औषधीय गुण
हेल्थ टिभी अनलाइन : तिहारमा सर्वत्र हुने फूल हो सयपत्री। हिजोआज त हाइब्रिड प्रविधिबाट बाह्रै महिना यो फूल फुलाइन्छ। तिहारमा घरका झ्यालढोका सजाउन, देवी लक्ष्मीको पूजा गर्न र दिदीबहिनीले दाजुभाइका गलामा लगाइदिन सयपत्री फूलको महत्त्व छ।
स्वास्थ्यरक्षाका लागि पनि सयपत्री उपयोगी मानिन्छ। यी हुन् सयपत्री फूलबाट लिन सकिने फाइदाहरू–
–सयपत्री फूललाई सुकाएर चियाका रूपमा प्रयोग गर्दा पेटसम्बन्धी विभिन्न रोगजस्तै ग्यास्ट्रिक, अल्सर, पेटमा एसिड बढेको निको हुन्छ।
–सयपत्री फूललाई सुकाएर पिसेर लगाउनाले अनुहार सफा हुन्छ। अनुहारमा आएका घाउ खटिरा पनि निको हुन्छ।
–आँखा र छालामा हुने विभिन्न समस्यामा सयपत्रीले औषधिको काम गर्छ।
–सुकेको सयपत्री फूललाई तातोपानीमा हालेर नियमित पिउनाले मुखको घाउ बिसेक हुन्छ।
–सयपत्रीलाई उमालेर पिउनाले रुघाखोकी र ज्वरो ठिक हुन्छ।
– स्तन क्यान्सर हुनेले नियमित रूपमा सयपत्री फूल प्रयोग गर्नाले फाइदा हुने बताइन्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण