अत्यधिक गर्मीले स्वास्थ्यमा असर, बच्न के गर्ने ?
हेल्थ टिभी अनलाइन : यतिबेला तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण जनजीवन नै प्रभावित भएको छ । अत्यधिक गर्मी हुँदा स्वास्थ्यमा निकै असरहरु पर्ने विज्ञहरुको भनाई छ ।
गर्मीमा पसिना धेरै जाने हुँदा शरीरमा पानीको मात्रा कम हुन जान्छ । जसले गर्दा डिहाइड्रेसनको समस्या देखिन्छ । त्यसबाट जोगिन प्रशस्त पानी पिउनुपर्ने चिकित्सकको सुझाव छ । यो बेला तातो हावा लु पनि चल्ने हुन्छ । लु बाट जोगिन दिउँसो घरबाट बाहिर ननिस्कने, निस्कनै परेमा छाता ओढेर , फुल बाउला कपडा लगाएर तथा टाउको छोपेर मात्र निस्कनुपर्छ ।
यसैगरी शरीरलाई शितलता प्रदान गर्ने फलफूलहरु जस्तै काँक्रा, खरबुजा, तरबुजा, उखुको रस, नरिवल पानी आदीको प्रयोग फाइदाजनक हुन्छ । दही, मही खान सकिन्छ । बाहिर बजारमा बेच्न राखेका अत्यधिक सुगर भएका कोल्ड ड्रिक्स नखानु नै राम्रो, त्यसले उल्टो हानी पुराउँछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण