शीतलहरबाट कसरी जोगिने ?
हेल्थ टिभी अनलाइन : केही समय यता शितलहरबाट जनजीवन प्रभावित भएको छ । तराईका अधिकांश भागमा यतिबेला शितलहरले सताएको छ । जसले गर्दा अनेकौं स्वास्थ्य समस्या देखिने गरेका छन्।
कसरी जोगिने शितलहरबाट :
यो बेला चिसोबाट बच्न विशेष ख्याल गर्नुपर्छ ।
शरीरको पूरै भाग छोपिने गरी लुगा लगाउने ।
आमाको दूध खाने बालबालिकालाई नियमित स्तनपान गराउने ।
तातो तथा झोलिलो खानेकुरा प्रशस्त मात्रामा खाने ।
कोठा न्यायो बनाउने तर हावा ओहोरदोहोर भए नभएको ख्याल गर्ने ।
सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला बाल्दा झ्याल ढोका खोल्ने ।
आगो, कोइला वा हिटर निभाएर मात्र सुत्ने ।
सकेसम्म बिहान र बेलुकाको समयमा घरबाहिर ननिस्कने ।
आगो बालेको ठाउँमा बच्चाहरूलाई एक्लै नछोड्ने ।
स्वास्थ्यसम्बन्धी कुनै समस्या जस्तैः ज्वरो, झाडापखला, दम, खोकी लागेमा, सास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य