रायोको सागको फाइदा
हेल्थ टिभी अनलाइन : धेरैलाई थाहा नहुन सक्छ, रायोको साग संसारकै दोस्रो बढी पोषणयुक्त तरकारीमा पर्छ। यसमा भिटामिन के, ए, सी, ई, बी वन्, बी टु, बी थ्री, प्रोटिन, फस्फोरस, म्याग्नेसियम, आइरन लगायतका विभिन्न पोषण तत्त्व हुन्छ। यी तत्त्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ।
रायोको सागलाई पकाएर वा काँचै सलादको रूपमा खान सकिन्छ। रायोको साग बढी पकाउँदा यसको पोषणतत्त्व नष्ट हुने सम्भावना हुन्छ।
रायोको सागको फाइदा :
रायोको सागले डण्डीफोरलगायत छालासम्बन्धी विभिन्न समस्याबाट बचाउँछ। रायोको साग गर्भवती महिलाका लागि निकै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन हुने भएकाले वाकवाकी आउने, बान्ता हुने र टाउको दुख्नेजस्ता समस्याबाट बचाउँछ।
रायोको सागमा ‘भिटामिन ए’ को मात्रा प्रशस्त हुन भएकाले आँखालाई स्वस्थ राख्नका लागि सहयोग पुर्याउँछ। यसले आँखामा हुने रतन्धोलगायत समस्याको सम्भावनालाई पनि दूर गर्ने गर्छ।
रायोको सागमा ‘भिटामिन९के’ प्रशस्त मात्रामा पाइन्छ। यसले हाडलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । त्यति मात्र नभएर रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने समस्यालाई पनि रोक्ने गर्छ। हड्डी खिइने समस्यामा पनि रायोको साग उपयोगी मानिन्छ।
रायोको सागले मुटुको बिरामीलाई राहत दिन्छ। रायोको सागमा पाइने ‘भिटामिन के’ ले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुख क्यान्सरको जखिमलाई कम गर्छ। यसले कलेजो क्यान्सरका बिरामीलाई पनि फाइदा पुर्याउँछ।
निमोनिया, फोक्सोको इन्फेक्सन, रुघाखोकी लाग्ने मानिसलाई पनि यसको राहत मिल्छ। यसबाट प्राप्त हुने ‘भिटामिन सी’ ले यस्ता खालका दीर्घरोगीलाई औषधिकै काम गर्छ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य