चिसो मौसममा सख्खर खानुका फाइदा
हेल्थ टिभी अनलाइन : आयुर्वेदले जाडोमा सख्खर खान निर्देश गरेको छ। त्यसैले होला माघे संक्रान्तिका दिन वा माघ महिनाभर सख्खरबाट बनेको चाकु खाने नेपालीहरूको चलन छ।
सख्खरमा प्रशस्त मात्रामा शरीरमा विभिन्न संक्रमणसँग लड्न सक्ने ‘एन्टिबायोटिक’ गुण हुन्छ। यसबाहेक सख्खरमा प्रशस्त मात्रामा आइरन पाइन्छ। त्यसैले जाडो वा अन्य जुनसुकै मौसममा पनि सख्खर खानु स्वास्थ्यका लागि धेरै राम्रो मानिन्छ।
चिसोमा सख्खर खानुका फाइदा
एन्टिबायोटिक तत्त्व हुने भएकाले चिसो मौसममा हुने विभिन्न खालका संक्रमणहरूबाट बच्न सख्खर खानु राम्रो मानिन्छ। यदि शरीरमा चिसोका कारणले हुने एलर्जी छ वा अन्य कुनै कारणले एलर्जी हुने समस्या छ भने पनि खाली पेटमा कागतीको रसमा सख्खर मिसाएर खाने गर्नाले एलर्जी हुने समस्याबाट बच्न सकिन्छ।
चिसोबाट बच्नका लागि सख्खरको चिया खानु राम्रो हुन्छ। यस्तै, हरेक दिन तुलसीको पात र सख्खरलाई पानीमा उमालेर खाने गर्नाले पनि फाइदा पुग्छ। यसमा प्रशस्त मात्रामा पाइने आइरनले शरीर न्यानो बनाउन सहयोग गर्नुका साथै अन्य विभिन्न संक्रमणबाट बचाउँछ।
गुड र तिल मिसाएर बनाइएको लड्डु खाने गर्नाले पनि शरीरका लागि फाइदाजनक मानिन्छ। यसले शरीरमा रगतको कमी हुन नदिनुका साथै विभिन्न खालका पोषक तत्त्वहरू उपलब्ध गराउँछ। सख्खरमा प्रशस्त मात्रामा सेलेनियम हुन्छ र यसले शरीरमा एन्टीअक्सिडेन्टको काम गर्छ। यसले घाँटी र फोक्सोमा इन्फेक्सन हुनबाट बचाउँछ।
सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद तोसिमा कार्कीको माग
क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य, विशेषज्ञहरूको अन्तरक्रिया सम्पन्न
गर्मीमा नरिवल पानी पिउनुका फाइदा
नेपाल विश्व स्वास्थ्य संगठनको ७९औं महासभाको उपाध्यक्षमा निर्वाचित
विश्व स्वास्थ्य सभामा महिला अधिकार र स्वास्थ्य न्यायको माग