Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मौसमी रूघाखोकी र ज्वरोको घरेलु उपचार के छ ?

मौसमी रूघाखोकी र ज्वरोको घरेलु उपचार के छ ?

हेल्थ टिभी अनलाइन : चिसो बढेसँगै मौसमी रुघाखोकी एवम ज्वरोका बिरामीको संख्या बढ्दो छ । यो बेला साना ठूला सबैलाई रुघाखोकी लाग्ने र ज्वरो आउने हुन सक्छ।

यसमा कुनै जटिलता नभएसम्म ‘एण्टिवायोटिक’ भनिने साधारणतया ब्याक्टेरिया मार्ने औषधिको कुनै उपयोगिता छैन। उल्टै यसले हानि हुन सक्छ। त्यसैले सामान्य रुघाखोकीमै एन्टीवायोटिकको प्रयोग गर्न हुँदैन ।

घरैमा पूर्ण विश्राम, पचाउन सजिलो राम्रोसित पकाएको खानेकुरा, पर्याप्त मात्रामा उमालेर सेलाएको पानी र ल्वाङ राखी उमालेको पानी पिउनाले छिटो सञ्चो हुन सहयोग पुग्छ। सजिलै सर्न सक्ने भएकाले अरुलाई जोगाउनका लागि साधारणतया ज्वरो आइञ्जेल अलग्गै बस्ने गर्नुपर्छ।

रुघाखोकीसहितको ज्वरो हो भने तुलसीको रस र अदुवाको रस केही थोपा एक चम्चा महमा मिसाई चाट्दै गर्नाले धेरै लाभ हुन्छ। धेरै नै गाह्रो भएमा भने नजिकको स्वास्थ्य संस्थामा गएर जाँच गर्न सकिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण