जाडोमा ‘लेमन टी’
हेल्थ टिभी अनलाइन : लेमन टी कागतीको चिया खाँदा जति स्वादिलो हुन्छ, स्वास्थ्यका लागि पनि उति नै फाइदाजनक हुन्छ। नियमित लेमन टी सेवन गर्नाले शरीरको तौल घटाउन सहयोग गर्नुका साथै यसले मुटुलाई स्वास्थ्य राख्न पनि सहयोग गर्छ।
नियमित रूपमा लेमन टी सेवन गर्नेको छालालाई फाइदासमेत गर्छ, जसले छालामा हुने विभिन्न खाले संक्रमणबाट जोगाउँछ।
यी हुन् नियमित लेमन टी खाँदा हुने फाइदा–
जाडोमा नियमित लेमन टी पिउनाले चिसोका कारण हुने संक्रमणबाट जोगाउँछ।
नियमित लेमन टी सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँछ।
लेमनमा प्रशस्त मात्रामा पोलिफिनल र भिटामिन सी हुने भएकाले शरीरमा रगत नबन्ने समस्या भएकाहरूलाई फाइदा गर्छ।
नियमित लेमन टी खानाले लेमनमा हुने ‘साइट्रिक एसिड’ले प्राचन प्रक्रियामा अप्ठ्यारो भएकाहरूलाई धेरै फाइदा गर्छ।
लेमन टीमा हुने ‘फ्लेवोनोइड्स’ नामक तत्त्वले धमनीमा रक्तसञ्चार राम्रोसँग हुन सहयोग गर्छ। यसले हृदयाघातको जोखिमबाट बचाउँछ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड