Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गाजाको सबैभन्दा ठूलो अस्पतालमा पसे सयौं इजराइली सैनिक

गाजाको सबैभन्दा ठूलो अस्पतालमा पसे सयौं इजराइली सैनिक

हेल्थ टिभी अनलाइन : इजरेलले गाजास्थित अल‍(शिफा अस्पताललाई लक्षित गरेर आफ्ना सैनिकहरूले कारबाही गरेको जनाएको छ। अस्पतालभित्र रहेका प्रत्यक्षदर्शीहरूले कमान्डो सैनिकहरू अस्पतालको मुख्य आकस्मिक कक्षमा प्रवेश गरेको बीबीसीसँग बताएका छन्।

इजरेली सैनिकहरू अल‍(शिफा अस्पतालमै प्रवेश गरेको यो पहिलो घटना हो। यसअघि उनीहरू गाजाको सहरी क्षेत्रमा प्रवेश गरेपछि त्यहाँ भीषण भिडन्तहरू भएका थिए।

अस्पताल बाहिरै रहेका इजरेली सैनिकहरूले स्थानीय समय अनुसार रातको २ बजेपछि हमास लक्षित कारबाही सुरु गर्ने घोषणा गरेका थिए। प्रत्यक्षदर्शीहरूले गाजास्थित बीबीसीका संवाददाता रुस्दी अबु अलुफलाई सयौँ सैनिकहरूले आक्रामक कारबाही गर्दै अस्पताल प्रवेश गर्दाको दृश्य र सैनिक ट्याङ्कहरू परिसरभित्र देखिँदाको क्षणबारे वर्णन गरेका छन्।

अस्पतालभित्र परिचालित भएका सैनिकहरूको सङ्ख्या र त्यसको उद्देश्य अझैसम्म प्रस्ट छैन। इजरेलले उक्त अस्पताललाई हमासले आफ्नो मुख्यालय बनाएर काम गरिरहेको र अस्पताल रहेको जमिनमुनि हमासका गतिविधिहरू सञ्चालनका लागि संरचनाहरू रहेको दाबी गर्दै आएको छ।

मङ्गलवार अमेरिकी गुप्तचर निकायले आफूलाई प्राप्त गोप्य जानकारीले पनि त्यस्तो दाबीको पुष्टि गरेको बताएको थियो। उसले हमास र प्यालेस्टाइनको अर्को लडाकू समूह इस्लामिक जिहादको पनि “अल‍(शिफामा निर्देशन र नियन्त्रण इकाई” रहेको साथै त्यहाँ उनीहरूले “हतियार भण्डारण गरेको” दाबी गरेको छ।

हमासले यस्तो दाबी अस्वीकार गर्दै आएको छ र ह्वाइट हाउसको पछिल्लो भनाइले इजरेललाई उक्त अस्पतालमा आक्रमणका लागि बाटो खोलिदिन खोजेको बताइको छ।यद्यपि ह्वाइट हाउसले अस्पतालमा ुदोहोरो भिडन्त नहोस्ु भन्ने चाहेको प्रतिक्रिया दिएको छ। ह्वाइट हाउस न्यासनल सेक्युरिटी काउन्सिलका प्रवक्ताले राष्ट्रपति जो बाइडनको भनाई दोहोर्‍याउँदै अस्पताल र बिरामीहरूको सुरक्षा हुनुपर्ने बताएका छन्।

इजरेलले भने उक्त अस्पतालको सेवा बन्द गर्न १२ घण्टाको समय दिएर चेतावनी दिइएको भए पनि हमास प्रशासनले अटेर गरेको बताएको छ। हमासले मानव ढालको रूपमा गैर सैनिकहरूलाई प्रयोग गरिरहेको इजरेलको आरोप छ। उसले सर्वसाधारणलाई क्षति नगर्ने नियत राखेर कारबाही अघि बढाइने दाबी गरेको छ। यसअघि उक्त अस्पतालका डक्टरहरूले अस्पतालमा अत्यावश्यक सेवा सञ्चालनका लागि इन्धनको अभाव सुरु भइसकेको र ज्यान गुमाएका २०० जना बिरामीहरूलाई त्यहाँको सामूहिक चिहानमा पुरिएको बताएका थिए।

गाजाको अल‍(शिफा अस्पतालमा हजारौँ बिरामी र आश्रय लिइरहेका मानिसहरू रहेको ठानिएको छ। पछिल्लो समय इजरेली फौजले यसलाई घेराबन्दीमा राखेको थियो।

यहाँ रहेका मानिसहरूबारे फरक फरक आकलन सार्वजनिक भएका छन्।

बीबीसीबाट:

थप समाचार

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण