टिमुरको औषधीय गुण जानीराखौं
हेल्थ टिभी अनलाइन : टिमुरलाई अचारमा मसलाको रूपमा प्रयोग गरिन्छ । दानाकै रूपमा वा पिसेर धुलो प्रयोग गरिन्छ। खासगरी नेपालको पश्चिमी भूभागमा बढी उत्पादन हुन्छ, टिमुर। यसको स्वाद तीतो, पिरो र जिब्रो पर्पराउने हुन्छ।
यसलाई थुप्रै परिकारमा प्रयोग गर्न सकिन्छ। टिमुरको फललाई प्रशोधन गरी दन्तमञ्जन, साबुन, अत्तरको रुपमा रूपमा पनि प्रयोग गरिन्छ। साथै श्रृंगार सामग्री निर्माणमा पनि प्रयोग हुन्छ।
टिमुरलाई मसला मात्र नभई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।
औषधीय गुण
टिमुरको प्रयोगले दाँत दुख्ने जरो, अजिर्ण, हैजा आदि समस्या दूर गर्छ।
आँखाको दृष्टि कम भएका मानिसले नियमित रूपमा टिमुरको प्रयोग गर्दा लाभदायी हुन्छ।
कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा फाइदा पुग्छ। यसले भोक जगाउँछ।
न्युन रक्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्याउँछ।
टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडका लागि पनि निकै उपयोगी हुन्छ।
टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्छ। त्यस्तै, यसले पेटमा लाग्ने विभिन्न किरा तथा जुका मार्न सहयोग पुर्याउँछ ।
गाउँघरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मालिस गरिन्छ।
सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद तोसिमा कार्कीको माग
क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य, विशेषज्ञहरूको अन्तरक्रिया सम्पन्न
गर्मीमा नरिवल पानी पिउनुका फाइदा
नेपाल विश्व स्वास्थ्य संगठनको ७९औं महासभाको उपाध्यक्षमा निर्वाचित
विश्व स्वास्थ्य सभामा महिला अधिकार र स्वास्थ्य न्यायको माग