Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुगर कसरी नियन्त्रण गर्ने ?

सुगर कसरी नियन्त्रण गर्ने ?

हेल्थ टिभी अनलाइन : मधुमेह मानिसको शरीरको रगतमा सुगर अर्थात चिनीको मात्रा बढी भएर हुने रोग हो । यो कतिपय अवस्थामा वंशाणुगत कारणले त कतिपय अवस्थामा हामीले अपनाउने अस्वस्थकर जीवनशैली तथा वातावरणका कारण हुनसक्छ । धेरै हदसम्म यसका लागि हामी आफै जिम्मेवार पनि हुन सक्छौं । कस्ता व्यक्ति मधुमेहको जोखिममा हुन्छन भने, जो व्यक्ति बढी मोटो छ अर्थात तौल धेरै छ, जसले शारीरिक अभ्यास गर्दैन, जसले खानेकुरामा ध्यान दिंदैन त्यस्ता व्यक्ति मधुमेहको उच्च जोखिममा हुन्छन्। त्यसैगरी कतिपयलाई वंशाणुगत रुपमा पनि मधुमेह हुनसक्छ । परिवारमा कसैलाई मधुमेह छ भने अन्य सदस्यलाई हुने सम्भावना बढी हुन्छ । त्यसैले यस्ता व्यक्ति सुरूदेखि बढी सतर्क हुनुपर्छ ।

गुलियो धेरै खाँदैमा मुधेमह रोग लागिहाल्छ भन्ने होइन । गुलियो कुरा खाँदै नखानेलाई पनि मधुमेह रोग लाग्न सक्छ । यहाँ हामीले के बुझ्न जरुरी छ भने हामीले खाएको हरेक खानेकुरा शरीरमा पुगेपछि सुगर अर्थात ग्लुकोजमा परिणत हुने हो । यो भनेको शरीरको इन्धन हो । यसलाई शरीरमा विभिन्न अंगमा पुराउने काम हाम्रो शरीरको इन्सुलिनले गर्छ । तर कहिलेकाहीं यही इन्सुलिनले सही रुपमा काम गर्न नसक्दा शरीरमा जम्मा भएको सुगरलाई यसले सबै अंगमा पुराउन सक्दैन जसले गर्दा आवश्यक भएको स्थानमा सुगर पुग्दैन रगतमै सुगर थुप्रिन पुग्छ । जसले गर्दा हामीलाई चाहिने इन्धनको कमी हुन्छ र समस्याहरु देखिन थाल्छन । त्यसैले गुलिया कुरा खानेलाई मात्र सुगर रोग लाग्छ भन्नु गलत बुझाई हो । यो जोकोहीलाई पनि हुनसक्छ । यो चिनी वा गुलियो खाएर लाग्ने रोग होइन। हामीले खाएको खानेकुरा सही ठाउँमा जान नसकेर खेर गएको हो।

हेर्नुस, मधुमेह भइसकेपछि यसलाई नियन्त्रण गर्नुको अर्को विकल्प छैन। किनभने यसलाई नियन्त्रण गरिएन भने यसले अन्य अंगहरु मुटु, मिर्गौला, आँखा, नशा जस्ता महत्वपूर्ण अंगमा क्षति पुराएर जटिल बनाइदिन्छ । त्यसैले यसको नियन्त्रण औषधिले मात्र सम्भव छैन । त्यसका लागि चिकित्सकको सल्लाह बमोजिम नियमित औषधिको सेवन, खानपानको व्यवस्थापन, शारीरिक अभ्यास र तनावमुक्त हुन जरुरी हुन्छ । यी सबै कुरा अपनाए मात्र मधुमेह नियन्त्रणमा आउन सक्छ । मैले औषधि त खाएकै छु नि भनेर खानामा जे पायो त्यही खान थालियो भने सुगर नियन्त्रण गर्न सकिंदैन । यसैगरी शारीरिक रुपमा सक्रिय नहुने हो भने पनि सुगर नियन्त्रण गर्न गाह्रो हुन्छ । यसमा बिरामी स्वयंको हात बढी हुन्छ यसलाई नियन्त्रण गर्नका लागि । बिरामी अल्छी भइदिने हो भने सुगर नियन्त्रण गर्न सकिंदैन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण