गर्भावस्थामा कसरी ख्याल गर्ने ?
हेल्थ टिभी अनलाइन : गर्भमा हुर्किरहेको शिशु स्वस्थ जन्मियोस् भन्ने चाहना नगर्ने आमा सायदै होलान्। जन्मिने बच्चा कस्तो होला भन्ने कौतुहलता सबै आमामा हुन्छ।
आफ्नो बच्चामा जन्मजात कुनै किसिमको स्वास्थ्य समस्या नहोस् भन्ने चाहना हुन्छ। तर गर्भावस्थाका वेला गरिएको गल्तीले पनि बच्चा अस्वस्थ र अपांग रूपमा जन्मिन सक्छ। त्यसैले यो समयमा गर्भवती यी कुरामा सचेत हुनुपर्छ–
गराउनुस् यस्ता जाँच
गर्भाधारणको चाहना भएको तीन महिना पहिले नै थाइराइड, सिस्ट आदिको परीक्षण गराउनुपर्छ। गर्भावस्थाको तीन महिनाअघि नै फोलिक एसिड सेवन गर्नुपर्छ। यो सेवनले बच्चा र आमामा रगत कमी हुँदैन। गर्भधारण भएपछि पनि नियमित जाँच गराइरहनुपर्छ। आवश्यक परे चिकित्सकको सल्लाहमा औषिध सेवन गर्नुपर्छ।
संक्रमणबाट बच्नुस्
गर्भावस्थामा आमा भाइरल इन्फेक्सनबाट बच्नुपर्छ। त्यसैले चिकित्सकहरू भिडभाड भएको ठाँउमा नजान सल्लाह दिन्छन्। सार्वजनिक स्थानमा रहेको विभिन्न संक्रमण गर्भमा रहेको शिशुमा पर्न सक्छ।
मद्यपान र धूमपानबाट टाढा
गर्भाधारण गर्न चाहने महिलाले मदिरा सेवन वा धूमपान चटक्कै छाड्नुपर्छ। मदिराको लतले गर्भ तुहिन सक्छ वा शिशुको विकास रोकिन सक्छ। धूमपानले समयअगावै जन्मिने खतरा र बच्चाको कम तौल हुनेलगायत समस्या उत्पन्न हुन्छ।
नपिउनुस् यस्ता पेय पदार्थ
गर्भावस्थामा जुस पिउनु फाइदाजनक हुन्छ तर, फलफूलको ताजा रस। प्याकेज्ड जुसमा ब्याक्टेरिया हुन सक्छन्। त्यस्तै कोल्ड ड्रिंकमा धेरै चिनीक र उच्च मात्रामा प्रिजर्भेटिभ्सकोे प्रयोग भएको हुन्छ। यो आमा बच्चा दुवैका लागि फाइदाजनक छैन।
नखानुस् चटपटे खाना
गर्भावस्थाको क्रममा शरीरमा हुने परिवर्तनको कारणे केही चटपटे खानेकुरा खान मन लाग्छ। तर, शिशुको स्वास्थ्यको लागि आफ्नो जिब्रोलाई नियन्त्रणमा राख्नैपर्छ। चटपटे, पानीपुरी, कुरमुरे पिज्जा, बर्गर, स्ट्रिट फुड, आदि सेवन नगरेकै राम्रो।
बस्नुस् शान्त वातावरणमा
गर्भावस्थाका वेला धेरै होहल्ला वा अशान्त वातावरणमा बस्नु हुँदैन। एक अध्ययनअनुसार ध्वनि प्रदूषणले गर्भमा हुर्किरहेको बच्चाको श्रवणशक्ति प्रभावित हुन्छ। बच्चाको बोल्ने क्षमतामा पनि असर पर्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य