Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मेथीको सागका यस्ता छन् फाइदा

मेथीको सागका यस्ता छन् फाइदा

हेल्थ टिभी अनलाइन : शरीरलाई स्वस्थ राखी राख्न र संक्रमणबट बचाउन खानपानमा विशेष ध्यान दिनुपर्छ। खानामा प्रशस्त मात्रामा सागसब्जी खाँदा विभिन्न स्वास्थ्य समस्याबाट बच्न सकिन्छ।

मेथीको दाना हामी नियमित रूपमा तरकारीमा प्रयोग गर्छौँ। मेथी फुराउँदा तरकारी स्वादिष्ट बन्ने मात्र नभई स्वास्थ्यका लागि समेत प्रभावकारी हुन्छ।

भिजाएर अंकुरित मेथी खाँदा विभिन्न रोग निर्मूल हुन्छ। मेथी मात्र होइन, यसको साग पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। मेथीको सागको अझ स्वास्थ्यका दृष्टिले तुलनात्मक रूपमा बढी नै उपयोगी छ। यसले चिसोका साथै अन्य शारीरिक समस्याबाट पनि जोगाउँछ।

मेथीको साग नियमित खाँदा रक्तचाप नियन्त्रण हुन्छ। मेथीको सागमा प्रचुर मात्रामा एमिनो एसिड हुने भएकाले यसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न सक्छ।

मेथीको सागमा गेलोप्टोमाइनन नामक तत्त्व हुने हुँदा यसले हाम्रो मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ। नियमित रूपमा मेथीको साग खाँदा कोलेस्ट्रोल नियन्त्रण हुन्छ।

मेथीको सागमा प्रशस्त मात्रामा फाइबर र एन्टिअक्सिडेट हुन्छ। नियमित रूपमा सेवन गरे शरीरमा भएका विकार बाहिर निकाल्न मद्दत सक्छ। नियमित रूपमा मेथीको साग खाने गर्नाले मोटोपना हुँदैन।

मेथीको सागलाई पानीमा उमालेर नियमित रूपमा मुख धुने गर्नाले अनुहारको पोतो तथा चाया हट्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण