Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कसरी छोड्ने चुरोटको लत ?

कसरी छोड्ने चुरोटको लत ?

हेल्थ टिभी अनलाइन : धेरैले चाहेर पनि चुरोटको सेवन छोड्न सकिरहेका हुँदैनन्। चुरोटको सेवन छोड्ने धेरै तरिकामध्ये आफूलाई लाग्ने एक तरिका अपनाउनु जरुरी हुन्छ । यसको लागि समय मिलाएर एउटा योजना बनाउन आवश्यक हुन्छ । जस्तैःचुरोटको परित्याग गर्ने कुनै एक दिन निश्चय गरी यसको सेवन पूर्णरुपमा बन्द गर्न सक्नुपर्छ। यसका लागि नयाँ वर्ष, जन्म दिन या कुनै पर्व रोज्न सकिन्छ।

यस्तै चुरोट छोड्नका लागि परिवार र आफन्तको पनि सहयोग लिन सकिन्छ । चुरोट छोड्ने बेला पुन खान मन लागेमा के गर्ने भन्ने विकल्पको बारेमा पनि सोच्न जरूरी हुन्छ । जस्तै यस्तो बेलामा चुरोटको सट्टा चकलेट, चुइंगम खान सकिन्छ।
चुरोट छोड्ने बेलामा एउटा मात्रै त हो नि भन्ने विचार मनमा आउन दिनुहुँदैन । एउटा मात्र भन्दा फेरि पहिले जस्तै लत बस्न सक्छ । आफूलाई काममा ब्यस्त राखेर पनि यसतर्फको ध्यान हटाउन सकिन्छ ।

चुरोट सेवन गर्ने ब्यक्तिहरुको संगत सकेसम्म नगरेमा सजिलो हुन्छ । यदि सेवन गर्ने ब्यक्ति छन भने आफनो अगाडी सेवन नगर्न आग्रह गर्नुपर्छ । राती चाँडै सुत्दा चुरोटकोवारेमा कम सोचिन्छ । आराम गर्ने संगीत सुन्ने र मानसिक तनाव कम गर्ने । शुरुको एक साता अलि अप्ठेरो भए पनि बिस्तारै यसलाई भुल्न सकिन्छ । चुरोट छोडेको कुरा सबैलाई भन्न जरुरी छ यसले फेरी शुरु गर्नबाट रोक्न मद्धत गर्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण