बच्चालाई नियमित मसाज
हेल्थ टिभी अनलाइन : हामी नेपालीहरूमा बच्चालाई तेल लगाएर मसाज गरिदिने चलन छ। आगोमा सेकेर वा घाममा बच्चालाई तेल लगाउँदा फाइदा गर्ने विश्वास गरिन्छ। वैज्ञानिक दृष्टिकोणबाट के महत्व छ त साना शिशुहरूलाई गरिने मसाजको नियमित रूपले मसाज गर्दा बच्चालाई रोग लाग्ने सम्भावना कम हुन्छ।
शरीरको विकासमा पनि यसले महत्त्वपूर्ण भूमिका खेल्छ। मसाज राम्रो व्यायाम पनि हो। यसले बच्चालाई भावनात्मक सुरक्षा पनि मिल्छ। राम्रो तेलले मसाज गर्दा बच्चालाई आराम र खुशी मिल्छ। उनीहरूलाई राम्ररी निन्द्रा पनि लाग्छ।
मसाज गर्नुअघि ध्यान दिनुपर्ने कुरा:
मसाजको समय सफाइको ख्याल राख्नुपर्छ।
यदि बच्चाले भर्खर दूध पिएको छ वा पेट भरिएको छ भने मसाज गरिहाल्नु हुँदैन।
मसाज गरिसकेपछि जाडो मौसममा तातोपानी र गर्मीमा सामान्य पानीले नुहाइदिनु राम्रो हुन्छ।
तीन्चार महिनाको बच्चालाई नुहाइदिनुअघि उसको सबै अंगमा ‘बेबी आयल’ले मसाज गरिदिनुपर्छ ।
कसरी गर्ने मसाज
बच्चालाई मसाज गर्दा दाहिने गोडाबाट शुरु गर्नुपर्छ।
शिशुको खुट्टालाई दुवै हातको बिचमा दबाएर रगड्नुपर्छ।
मसाज गर्नेको हात चिसो हुनुहुँदैन।
बच्चाहरूको अंग कोमल हुने हुनाले हल्का ढंगले मसाज गरिदिनुपर्छ
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार