झाडापखाला र हैजाबाट बच्न उमालेकाे पानी !
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा गर्मी मौसममा विभिन्न खालका रोगहरु देखा पर्छन । झन मनसुन सुरु भएपछि त दूषित पानीका कारण झाडापखाला, हैजा, टाइफाइड लगायतका रोगहरु बढी देखा पर्ने हुन्छ । सामान्य सावधानीबाट नै जोगिन सकिनेभए पनि सतर्कता अपनाउन नसक्दा हरेक वर्ष यी रोगका बिरामी फेला परिरहेका हुन्छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीसँगै बढेका बिरामीको संख्यालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।मन्त्रालयले खानेपानी, खानाको गुणस्तरमा ध्यान दिन तथा व्यक्तिघर सरसफाइमा ध्यान दिन आग्रह गरेको छ।
झाडापखाला तथा हैजाबाट बच्नका लागि यी उपायहरु अपनाउन सकिन्छ ।
-पानी सधैं उमालेर मात्र पिउने
-बासी, सडेगलेका खानेकुरा नखाने
-आज पकाएका खानेकुुरा आज मात्रै खाने
-खानालाई बाहिर राख्दा तथा फ्रिजमा राख्दा छोपेर राख्ने
-साबुन पानीले हात धोइरहने तथा सरसफाइमा ध्यान दिने
-हरिया सागसब्जी तथा फलफूल सफा पानीले पखालेर मात्र प्रयोग गर्ने
यसैगरी डेंगुबाट बच्नका लागि भने सधैं सुत्दा झूलको प्रयोग गर्ने, घर वरपर पानी जम्न नदिने, झ्याल ढोकामा जाली राख्ने जस्ता कार्य गर्न सकिन्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण