Health TV Online
Health TV Online

तातो हावा तथा लु लाग्दाका लक्षणहरु

तातो हावा तथा लु लाग्दाका लक्षणहरु

हेल्थ टिभी अनलाइन \काठमाडौं : अहिले देशका सबै भागमा गर्मी असाध्यै बढेको छ । अझ तराईमा त तातो हावा तथा लु ले जनजीवन प्रभावित गर्न थालेको छ । तातो हावा तथा लु लाग्दा यसप्रकारका असरहरु देखिने गर्छन ।

१. ह्दयको गति तीब्र हुने
२. श्वासप्रस्वास र रक्तचाप कम हुने
३. शरीरबाट पसिना ननिस्कने
४. टाउको अत्यधिक दुख्ने
५. चक्कर लाग्ने, अचेत हुने
६. शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने
७. छाला सुख्खा, रातो र तातो हुने

गर्मीमा आफनो स्वास्थ्यको अझ बढी ख्याल गर्नुपर्ने हुन्छ । माथि उल्लेखित लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न जरुरी हुन्छ । यसबाट जोगिनका लागि सकेसम्म दिउँसोको समयमा घरबाट बाहिर निस्कन हुँदैन्। यसैगरी केही गरेर बाहिर निस्कनै परेमा छाताको प्रयोग गर्ने तथा पातलो कपडा टाउकोमा राखेको राम्रो ।

बढी गर्मी हुने हुँदा प्रसस्त पानी तथा फलफूलको जुस पिउने, चिसो पानीले बिहान बेलुका नुहाउने गर्नुपर्छ । बढी गुलिया पेयपदर्था चिया, कफी सकेसम्म नपिउने वा कम गर्ने गर्नु यो बेला उत्तम मानिन्छ । यो बेला खेतबारीको कामको पनि चटारो हुनेगर्छ । यस्ता काम सकेसम्म बिहान र बेलुकामा गर्दा तातो हावाले असर गर्न पाउँदैन ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण

मोटोपन कसरी घटाउने ?

मोटोपन कसरी घटाउने ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा