प्रशस्त खानुस् मेथीको साग, यस्ता छन् फाइदा
हेल्थ टिभी अनलाइन : शरीरलाई स्वस्थ राखी राख्न र संक्रमणबट बचाउन खानपानमा विशेष ध्यान दिनुपर्छ। खानामा प्रशस्त मात्रामा सागसब्जी खाँदा विभिन्न स्वास्थ्य समस्याबाट बच्न सकिन्छ।
मेथीको दाना हामी नियमित रूपमा तरकारीमा प्रयोग गर्छौँ। मेथी फुराउँदा तरकारी स्वादिष्ट बन्ने मात्र नभई स्वास्थ्यका लागि समेत प्रभावकारी हुन्छ।
भिजाएर अंकुरित मेथी खाँदा विभिन्न रोग निर्मूल हुन्छ। मेथी मात्र होइन, यसको साग पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। मेथीको सागको अझ स्वास्थ्यका दृष्टिले तुलनात्मक रूपमा बढी नै उपयोगी छ। यसले चिसोका साथै अन्य शारीरिक समस्याबाट पनि जोगाउँछ।
मेथीको साग नियमित खाँदा रक्तचाप नियन्त्रण हुन्छ। मेथीको सागमा प्रचुर मात्रामा एमिनो एसिड हुने भएकाले यसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न सक्छ।
मेथीको सागमा गेलोप्टोमाइनन नामक तत्त्व हुने हुँदा यसले हाम्रो मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ। नियमित रूपमा मेथीको साग खाँदा कोलेस्ट्रोल नियन्त्रण हुन्छ।
मेथीको सागमा प्रशस्त मात्रामा फाइबर र एन्टिअक्सिडेट हुन्छ। नियमित रूपमा सेवन गरे शरीरमा भएका विकार बाहिर निकाल्न मद्दत सक्छ। नियमित रूपमा मेथीको साग खाने गर्नाले मोटोपना हुँदैन।
मेथीको सागलाई पानीमा उमालेर नियमित रूपमा मुख धुने गर्नाले अनुहारको पोतो तथा चाया हट्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण