Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भिटामिन डीको कमीबाट बच्न के गर्ने ?

भिटामिन डीको कमीबाट बच्न के गर्ने ?

हेल्थ टिभी अनलाइन :  भिटामिन डी कमी भए मानव शरीरमा हाड मजबुत बनाउने तत्त्वको निर्माण हुँदैन । यसका कारण हाड कमजोर हुँदै जान्छ । भिटामिन डी कमी हुँदा बच्चाहरूको हाड सानो हुने, हातखुट्टा लुलो र बांगो हुने समस्या आउँछ। यसको कमीले क्रमशः शरीर नै कमजोर भएर जान्छ।

कमीको लक्षण

कतिपय अवस्थामा भिटामिन डीको कमी भएको लक्षण ठ्याक्कै देखिँदैन।

डिप्रेसन, कपाल झर्ने, टाउको दुख्ने लगायत समस्या पनि निम्तिने गर्छ ।

भिटामिन डीले मधुमेह र रक्तचापलाई समेत सन्तुलित राख्ने भएकाले यसको कमीले मधुमेह र रक्तचापको समस्या समेत देखिन सक्छ।

यसको कमीले हाड दुख्ने, मुटुमा समस्या देखिने, कठिन खालको दम आउने र क्यान्सरसम्म हुने खतरा हुन्छ।

कस्ता मानिसमा समस्या

दूधबाट बनेका वस्तु, माछा, अण्डा नखाने र घाममा नदेखिने मानिसलाई भिटामिन डीको कमी हुन सक्छ । बिहानदेखि बेलुकीसम्म कोठाभित्रै बसेर काम गर्नेलाई पनि यस्तो समस्या हुन सक्छ। कालो वर्णका मानिस भिटामिन डीको जोखिममा हुन्छन् । कालो वर्णका मानिसमा हुने मिलानियन पिगमेन्ट नामक तत्त्वले भिटामिन डीको निर्माणमा अवरोध सृजना गर्छ।

मृगौलासम्बन्धी समस्या भएका मानिसमा पनि भिटामिन डीको कमी हुन सक्छ । किनकी, मृगौलासँग भिटामिन डीको निर्माणको प्रत्यक्ष सम्बन्ध हुन्छ। पाचन प्रणालीमा समस्या दीर्घरोगी, मोटोपन भएका मानिसमा पनि यसको समस्या देखिन सक्छ ।

कसरी बच्ने

दूध, दही सागपात, माछा, अण्डा प्रशस्त मात्रामा खानुपर्छ। दैनिक २० मिनेट घाममा बस्ने गर्नाले यो समस्याबाट बच्न सकिन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण