भिटामिन डीको कमीबाट बच्न के गर्ने ?
हेल्थ टिभी अनलाइन : भिटामिन डी कमी भए मानव शरीरमा हाड मजबुत बनाउने तत्त्वको निर्माण हुँदैन । यसका कारण हाड कमजोर हुँदै जान्छ । भिटामिन डी कमी हुँदा बच्चाहरूको हाड सानो हुने, हातखुट्टा लुलो र बांगो हुने समस्या आउँछ। यसको कमीले क्रमशः शरीर नै कमजोर भएर जान्छ।
कमीको लक्षण
कतिपय अवस्थामा भिटामिन डीको कमी भएको लक्षण ठ्याक्कै देखिँदैन।
डिप्रेसन, कपाल झर्ने, टाउको दुख्ने लगायत समस्या पनि निम्तिने गर्छ ।
भिटामिन डीले मधुमेह र रक्तचापलाई समेत सन्तुलित राख्ने भएकाले यसको कमीले मधुमेह र रक्तचापको समस्या समेत देखिन सक्छ।
यसको कमीले हाड दुख्ने, मुटुमा समस्या देखिने, कठिन खालको दम आउने र क्यान्सरसम्म हुने खतरा हुन्छ।
कस्ता मानिसमा समस्या
दूधबाट बनेका वस्तु, माछा, अण्डा नखाने र घाममा नदेखिने मानिसलाई भिटामिन डीको कमी हुन सक्छ । बिहानदेखि बेलुकीसम्म कोठाभित्रै बसेर काम गर्नेलाई पनि यस्तो समस्या हुन सक्छ। कालो वर्णका मानिस भिटामिन डीको जोखिममा हुन्छन् । कालो वर्णका मानिसमा हुने मिलानियन पिगमेन्ट नामक तत्त्वले भिटामिन डीको निर्माणमा अवरोध सृजना गर्छ।
मृगौलासम्बन्धी समस्या भएका मानिसमा पनि भिटामिन डीको कमी हुन सक्छ । किनकी, मृगौलासँग भिटामिन डीको निर्माणको प्रत्यक्ष सम्बन्ध हुन्छ। पाचन प्रणालीमा समस्या दीर्घरोगी, मोटोपन भएका मानिसमा पनि यसको समस्या देखिन सक्छ ।
कसरी बच्ने
दूध, दही सागपात, माछा, अण्डा प्रशस्त मात्रामा खानुपर्छ। दैनिक २० मिनेट घाममा बस्ने गर्नाले यो समस्याबाट बच्न सकिन्छ।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?