मिर्गौला कसरी स्वस्थ राख्ने ?
मिर्गौला हाम्रो शरीरको महत्वपूर्ण अंग हो । यसलाई स्वस्थ राख्नका लागि केही स्वस्थकर आनीबानीहरु अपनाउनुपर्ने हुन्छ । मिर्गौला एकपटक फेल भइसकेपछि कि त जीवनभर डायलाइसिस र कि त प्रत्यारोपण गर्नुपर्ने हुन्छ । त्यसैले यसलाई रोग लाग्नबाट बचाउन यी उपायहरु अपनाउन जरुरी छ ।
-नियमित व्यायाम गर्ने
– एक दिनमा कम्तीमा १० हजार पाइला हिंड्ने
– सुर्तीजन्य पदार्थ तथा मद्यपान नगर्ने
– दुखाइ कम गर्ने औषधी जथाभावी प्रयोग नगर्ने
-उचाई अनुसारको तौल कायम राख्ने
– चिनी तथा नुनको प्रयोग कम गर्ने
– रक्तचाप ठीक राख्ने
– वर्षमा एकपटक पिसाबका प्रोटिन र रगतमा क्रियाटिनिनको जाँच गर्ने
– पानी प्रसस्त पिउने
डा ऋषि कुमार काफ्ले





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण