दादुराबाट बच्न अपनाउनुपर्ने उपाय
हेल्थ टिभी अनलाइन \काठमाडौं : दादुरा मिजल्स भाइरसबाट हुने एक संक्रामक रोग हो । यो रोग संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आउँदा सर्ने गर्दछ । उच्च ज्वरो आउनु, आँखा रातो हुनु, शरीरमा राता बिमिराहरु देखिनु, खोकी लाग्नु, आँखाबाट पानी बग्नु जस्ता लक्षण देखिएमा दादुरा भएको शंका गर्न सकिन्छ ।
यो रोग लागेमा बालबालिकामा मस्तिष्कघात हुने, पखाला लाग्ने, कानको संक्रमण, आँखाको संक्रमण, कुपोषण जस्ता जटिलता भई मृत्यु समेत हुने गर्दछ ।
दादुरा भएका बालबालिकालाई भिडभाडमा नलैजाने।
हाछ्युँ गर्दा मुख छोपेर गर्न लगाउने।
व्यक्तिगत सरसफाईमा ध्यान दिने ।
राष्ट्रिय खोप तालिका अनुसार दादुरा रुबेला विरुद्धको खोप लगाउने ।
बालबािलकाको वरिपरी धुम्रपान नगर्ने ।
पोषिलो खानेकुरा खुवाउने ।
केही जटिलता हुनासाथ नजिकको स्वास्थ्य संस्थामा लैजाने ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड