दादुराबाट बच्न अपनाउनुपर्ने उपाय
हेल्थ टिभी अनलाइन \काठमाडौं : दादुरा मिजल्स भाइरसबाट हुने एक संक्रामक रोग हो । यो रोग संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आउँदा सर्ने गर्दछ । उच्च ज्वरो आउनु, आँखा रातो हुनु, शरीरमा राता बिमिराहरु देखिनु, खोकी लाग्नु, आँखाबाट पानी बग्नु जस्ता लक्षण देखिएमा दादुरा भएको शंका गर्न सकिन्छ ।
यो रोग लागेमा बालबालिकामा मस्तिष्कघात हुने, पखाला लाग्ने, कानको संक्रमण, आँखाको संक्रमण, कुपोषण जस्ता जटिलता भई मृत्यु समेत हुने गर्दछ ।
दादुरा भएका बालबालिकालाई भिडभाडमा नलैजाने।
हाछ्युँ गर्दा मुख छोपेर गर्न लगाउने।
व्यक्तिगत सरसफाईमा ध्यान दिने ।
राष्ट्रिय खोप तालिका अनुसार दादुरा रुबेला विरुद्धको खोप लगाउने ।
बालबािलकाको वरिपरी धुम्रपान नगर्ने ।
पोषिलो खानेकुरा खुवाउने ।
केही जटिलता हुनासाथ नजिकको स्वास्थ्य संस्थामा लैजाने ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान