शीतलहरबाट कसरी जोगिने ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : केही समय यता शितलहरबाट जनजीवन प्रभावित भएको छ । तराईका अधिकांश भागमा यतिबेला शितलहरले सताएको छ । जसले गर्दा अनेकौं स्वास्थ्य समस्या देखिने गरेका छन्।
कसरी जोगिने शितलहरबाट ?
यो बेला चिसोबाट बच्न विशेष ख्याल गर्नुपर्छ ।
शरीरको पूरै भाग छोपिने गरी लुगा लगाउने ।
आमाको दूध खाने बालबालिकालाई नियमित स्तनपान गराउने ।
तातो तथा झोलिलो खानेकुरा प्रशस्त मात्रामा खाने ।
कोठा न्यायो बनाउने तर हावा ओहोरदोहोर भए नभएको ख्याल गर्ने ।
सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला बाल्दा झ्याल ढोका खोल्ने ।
आगो, कोइला वा हिटर निभाएर मात्र सुत्ने ।
सकेसम्म बिहान र बेलुकाको समयमा घरबाहिर ननिस्कने ।
आगो बालेको ठाउँमा बच्चाहरूलाई एक्लै नछोड्ने ।
स्वास्थ्यसम्बन्धी कुनै समस्या जस्तैः ज्वरो, झाडापखला, दम, खोकी लागेमा, सास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड