मौसमी रूघाखोकी र ज्वरोको घरेलु उपचार
हेल्थ टिभी अनलाइन : चिसो मौसम सुरु भएसँगै भाइरस वा विषाणुले मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढ्ने गर्छन । यो बेला ज्वरो, रुघाखोकी साना ठूला सबैलाई आउन सक्छ। यसमा कुनै जटिलता नभएमा ‘एण्टिवायोटिक’ भनिने साधारणतया ब्याक्टेरिया मार्ने औषधिको कुनै उपयोगिता छैन्। उल्टै यसले हानि हुन सक्छ। सकेसम्म परापूर्व कालदेखि गर्दै आइएको र अत्यन्त फलदायी आयुर्वेद जडीबुटीबाट नै यसलाई निको पार्न सकिन्छ ।
घरैमा पूर्ण आराम गर्ने, पचाउन सजिलो राम्रोसित पकाएको खानेकुरा, पर्याप्त मात्रामा उमालेर सेलाएको पानी र ल्वाङ, तुलसी राखी उमालेको पानी पिउनाले छिटो सञ्चो हुन सहयोग पुग्छ। सजिलै सर्न सक्ने भएकाले अरुलाई जोगाउनका लागि साधारणतया ज्वरो आउञ्जेल अलग्गै बस्ने गर्नुपर्छ।
रुघाखोकीसहितको ज्वरो हो भने तुलसीको रस र अदुवाको रस केही थोपा एक चम्चा महमा मिसाई चाट्दै गर्नाले पनि धेरै नै लाभ हुन्छ। ज्वरो आयो भन्दैमा एकचोटी आफूखुशी औषधि नखाएको राम्रो । गाह्रो भयो भने चिकित्सकको सल्लाह बमोजिम औषधिको सेवन गर्न सकिन्छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य