Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मिर्गौला रोगबाट जोगिन अपनाउनुपर्ने ५ उपाय

मिर्गौला रोगबाट जोगिन अपनाउनुपर्ने ५ उपाय

हेल्थ टिभी अनलाइन : मिर्गौला मानव शरीरको महत्वपूर्ण अंग हो । हामी स्वस्थ शरीर होस् भन्ने चाहनछौं भने मिर्गौला पनि स्वस्थ हुन जरुरी हुन्छ । मिर्गौलाले रगतमा हुने हानिकारक अथवा अनावश्यक तत्त्वलाई छानेर पिसाबको माध्यमबाट शरीरबाट बाहिर निकाल्ने काम गर्दछ। यसले सही ढंगबाट काम गर्न नसक्दा शरीरमा अनेकौं समस्या आउन सक्छन्। यसको सही तरिकाले समयमै हेरचाह गरिएन भने दीर्घकालीन समस्याहरु नआउला भन्न सकिंदैन । नेपालमा पछिल्लो समय खराब जीवनशैली र अस्वस्थकर खानपानका कारण मिर्गौला रोगीहरू दिनानुदिन बढ्‌दै गएको अवस्था छ। के कारणले गर्दा मिर्गौलामा समस्या आउँछ र त्यसलाई कसरी जोगाउने भन्ने सबैको चासोको विषय बन्दै गएको छ।

मिर्गौैला बिगार्ने कारणहरुमध्ये मधुमेह, ग्लोमेरुलोनेफ्राइटिस, अनावश्यक रुपमा औषधी सेवन, उच्च रक्तचाप, धूम्रपान हुन ।  मदिरापान  र प्रशस्त मात्रामा प्रशोधित अस्वस्थ खानाले पनि मिर्गौलालाई नोक्सान गरिरहेको हुन्छ।

कसरी जोगिने मिर्गौला रोगबाट ?

मिर्गौला जोगाउने प्रमुख उपाय भनेको प्रशस्त मात्रामा पानीको सेवन हो ।

नियमित रुपमा शारीरिक व्यायाम गर्ने ।

नियमित रुपमा पिसाब, रगतको परिक्षण गर्नु साथै भिडियो एक्सरे गर्दा मिर्गौला सम्बन्धी जटिल समस्याबाट बच्न सकिन्छ।

प्रशोधित खाना, धेरै तारेको, चिल्लो खानेकुरा नखाने ।

खानामा बढी नुनको प्रयोग नगर्ने ।

यी माथि उल्लेखित कुराहरुमा ध्यान दिन सके धेरै हदसम्म मिर्गौलासम्बन्धी समस्याबाट बच्न सकिन्छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण