Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नुनसँग गाँसिएका गलत धारणा

नुनसँग गाँसिएका गलत धारणा

हेल्थ टिभी अनलाइन : अत्यधिक नुनको सेवनले रक्तचाप बढाउँछ। स्वस्थ मानिसले पनि खानामा नुन कम खानुपर्छ। नुनिलो खानेकुराहरूको प्रयोग सकेसम्म कम गर्नुपर्छ। उच्च रक्तचाप भएको बिरामीले नुनको सेवनको बारेमा अझ बढी सावधानी अपनाउनुपर्छ।

दिनहुँ एक चिया चम्चा भन्दा बढी नुन खानु हुँदैन। तर नुन खाँदै नखानु वा अत्यन्त कम खानु उल्टै हानिकारक हुनसक्छ। नुन कम खानु रक्तचाप कम गर्ने एउटा तरिका त हो, तर नुन मात्रै कम खाएर रक्तचाप नियन्त्रण गर्न खोज्नु बुद्धिमानी पक्कै होइन।

हाम्रो समाजमा नुनसँग धैरै गलत धारणाहरू गाँसिएका छन्। यसकारण कहिलेकाँही नुन कम खाएर बेहोश भई बिरामीलाई अस्पताल पुर्याउन परेको धेरै घटना हामीले पनि देख्ने गरेका छौं।

नुन धेरै नै कम खायो भने सोडियमका मात्रा रगतमा कम भएर मान्छे बेहोस हुनसक्छ। कहिलेकाँही नुनको कमीले सिकिस्त भएर बिरामीको ज्यान पनि जानसक्छ। घरमा सामान्य नुन हालेर खाना खान मिल्छ। मूलतः बढी नुनिलो खाना नखाने, खानामा नुन नथप्ने, लो सोडियम नुनको प्रयोग गर्ने आदि रक्तचाप नियन्त्रण गर्ने सरल उपाय हुन्।

नुनको सट्टामा मसला र कागतीको प्रयोग गरेर खानालाई स्वादिष्ट बनाउन सकिन्छ।

मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलको ‘म पनि डाक्टर’ पुस्तकबाट :

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण