Health TV Online
Health TV Online

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

हेल्थ टिभी अनलाइन : पहिले पहिले हो भने सिस्नो गरिबको खानाको रुपमा वा केही नपाएमा मात्र सिस्नो खाने भन्ने बुझिन्थ्यो । तर अहिले धनी गरिब सबैले बिस्तारै यसको सेवन गर्न थालेको पाइन्छ । अmझ पाँचतारे होटलहरुमा त यो खाना विशेष रुपमा राखिन्छ । तर अझै पनि यसका बारेमा प्रसस्त चेतना भने पुगेको छैन्। यो दुःखका वेलामात्र खाने वस्तु होइन। सिस्नोमा फलाम आइरन, पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्त्व प्रचूर मात्रामा पाइन्छ।

कसरी खाने ?

सिस्नोलाई राम्ररी पखालेर उसिन्ने। पछि अन्य तरकारीजस्तै तेल, नुन, खुर्सानी, लसुन, टिमुर आदि पकाउने।

सिस्नो मसिनो गरी काटेर घाममा सुकाई धुलो बनाउने। उक्त धुलोलाई तरकारी र सुपमा राखेर पनि खान सकिन्छ ।

आजभोलि सिस्नोको चिया खाने चलन पनि छ। ग्रीन टी जस्तै सिस्नोको धुलो हालेर चिया बनाउन सकिन्छ ।

फाइदा

सिस्नोमा पाइने फलामले महिलामा रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ।

पाचन प्रणाली मजबुत बनाउन सहयोग गर्छ। साथै अपचको समस्या समाधान गर्छ।

हाडजोर्नी दुख्ने वा बाथको समस्या भएकाले सिस्नोको रस खाए फाइदा हुन्छ।

सिस्नो नियमित सेवन गर्दा मधुमेह र मुटुरोगबाट बच्न सकिन्छ।

यसले डीएनए क्षय हुनबाट बचाउँछ र नयाँ कोष निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।

कपास झर्ने समस्या र डण्डीफोर, दादलगायत छालाका रोग निर्मूल पार्नसमेत सिस्नो उपयोगी हुन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण

मोटोपन कसरी घटाउने ?

मोटोपन कसरी घटाउने ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

नशा च्यापिने समस्या र उपचार

नशा च्यापिने समस्या र उपचार