मिर्गौला बिगार्ने ५ कारण र बच्ने उपाय
हेल्थ टिभी अनलाइन : नेपालमा मिर्गौला रोगीहरुको संख्या दिनप्रतिदिन बढिरहेको पाइन्छ । अझ सानै उमेरदेखि नै मिर्गौलामा समस्या देखिन थालेकोले चिन्ता बढाएको छ । एकपटक मिर्गौला फेल भइसकेपछि यसको उपचार प्रक्रिया असाध्यै महँंगों र झन्झटिलो हुन्छ । मिर्गौला फेल भइसकेपछि डाइलाइसिस वा प्रत्यारोपण बाहेक अर्को विकल्प नै छैन्। त्यसैले मिर्गौला बिग्रन नै नदिनका लागि हामीले शुरुदेखि नै हाम्रो आनीबानी, जीवनशैली स्वस्थ बनाउन जरुरी छ । बेलैमा सतर्क रहेर यसलाई बचाउन सक्यौं भने यसको झन्झटिलो उपचार र जीन्दगीभरको कमाई सक्नुपर्ने हुँदैन ।
मिर्गौला मुख्यत यी ५ कारणले गर्दा बिग्रने गर्छ
उच्च रक्तचाप
मधुमेह
जथाभावी औषधिको प्रयोग
अस्वस्थकर खानेकुरा
शारीरिक व्यायामको कमी
यी त भए मिर्गौला बिगार्ने मुख्य कारण । यसबाहेक वंशाणुगत कारण पनि मिर्गौलामा समस्या देखिनसक्छ । यसका साथै नियमित स्वास्थ्य परीक्षण नगर्दा पनि मिर्गौलामा भएको सानो समस्या पछि फेल हुनेसम्म पुग्छ।। त्यसैले मिर्गौला ठिक छ की छैन भनेर जान्नका लागि पनि यसको नियमित जाँच गर्न जरुरी हुन्छ । याद रहोस धेरैसजो मिर्गौलाको समस्यामा लक्षण नै नदेखिन सक्छ र लक्षण देखिने बेलासम्म यसले काम गर्न छोडिसकेको हुन्छ ।
त्यसैले मिर्गौलालाई स्वस्थ राख्नका लागि माथिका यी कुराहरुमा ध्यान दिन जरुरी छ भने नियमित जाँच गर्न पनि त्यत्तिकै जरुरी छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण