Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

घ्युकुमारीबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा

घ्युकुमारीबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा

हेल्थ टिभी अनलाइन : एलोभेरा अर्थात् घ्युकुमारी। एलोभेरालाई आयुर्वेदमा विभिन्न खालका स्वास्थ्य समस्याहरूको निदानको लागि औषधिको रूपमा प्रयोग गरिएको पाइन्छ। अचेल विभिन्न प्रकारका सौन्दर्य प्रशाधन सामग्रीमा एलोभेराको प्रयोग भएको हुन्छ।

थोरै जग्गामा पनि सानो सानो गमलामा यसलाई रोपेर यसको प्रयोग गर्न सकिन्छ। यो बहुउपयोगी वनस्पतिले धेरै प्रकारका स्वास्थ र सौन्दर्य समस्याहरूलाई ठिक गर्न सहयोग गर्छ।

एलोभेरामा सुन्दर र स्वस्थ हुने धेरै प्रकारका रहस्य लुकेका हुन्छन्। यसको प्रयोगले हाम्रो सम्पूर्ण शरीरमा नै परिवर्तन गर्छ। के के छन् एलोभेराका फाइदा–

यसमा १८ खालका धातु, १५ खालका एमिनो एसिड र १२ खालका भिटामिनहरु पाइन्छन्। यसको सेवनबाट धेरै पौष्टिक पदार्थहरू पाउन सकिन्छ।

यसले रगतको कमीलाई हटाँउछ र शरीरको रोग प्रतिरोधी क्षमता बढाँउछ। यसले रगतमा ग्लुकोजको मात्रा पनि बढाँउछ।

यसको काँडायुक्त पातहरूलाई काटेर रस निकाली विहान खाली पेटमा ३–४ चम्चा खाएमा शरीरमा दिनभर शक्ति बढ्छ र शरीर चुस्त दुरुस्त हुन्छ। यसले गर्मी पनि काट्छ।

आगोले पोलेको, काटेर चोट लागेको ठाँउमा एलोभेरा लगाइदिएमा आफ्नो एन्टी ब्याक्टेरिया र एन्टी फंगल गुणको कारण यसले घाउलाई चाँडै निको बनाइदिन्छ।

टाउको दुख्ने, मधुमेह, गर्भाशयको रोग, पेटको खराबी, रुखो छाला, घामले डढेको छाला, आँखाको कालो घेरा, अनुहारको दागधब्बा आदि समस्याहरू हटाउन एलोभेरा धेरै नै लाभदायक हुन्छ ।

यसको गुदी वा जेल निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ। एलोभेरा जेल वा जुसलाई मेहन्दीमा मिसाएर कपालमा लगाएमा कपाल चमकदार र स्वस्थ हुन्छ।

एलोभेरा छालामा लगाउनु पनि त्यत्तिकै धेरै लाभदायी हुन्छ। लामखुट्टेको टोकाइबाट छाला बिग्रिएमा पनि यसको प्रयोगले छालाको सुरक्षा गर्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण