Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

टिमुरको औषधीय गुण, कुन कुन समस्यामा लाभदायी ?

टिमुरको औषधीय गुण, कुन कुन समस्यामा लाभदायी ?

हेल्थ टिभी अनलाइन : टिमुरलाई अचारमा मसलाको रूपमा प्रयोग गरिन्छ । दानाकै रूपमा वा पिसेर धुलो प्रयोग गरिन्छ। खासगरी नेपालको पश्चिमी भूभागमा बढी उत्पादन हुन्छ, टिमुर। यसको स्वाद तीतो, पिरो र जिब्रो पर्पराउने हुन्छ।

यसलाई थुप्रै परिकारमा प्रयोग गर्न सकिन्छ। टिमुरको फललाई प्रशोधन गरी दन्तमञ्जन, साबुन, अत्तरको रुपमा रूपमा पनि प्रयोग गरिन्छ। साथै श्रृंगार सामग्री निर्माणमा पनि प्रयोग हुन्छ।

टिमुरलाई मसला मात्र नभई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।

औषधीय गुण

टिमुरको प्रयोगले दाँत दुख्ने जरो, अजिर्ण, हैजा आदि समस्या दूर गर्छ।

आँखाको दृष्टि कम भएका मानिसले नियमित रूपमा टिमुरको प्रयोग गर्दा लाभदायी हुन्छ।

कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा फाइदा पुग्छ। यसले भोक जगाउँछ।

न्युन रक्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्‍याउँछ।

टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडका लागि पनि निकै उपयोगी हुन्छ।

टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्छ। त्यस्तै, यसले पेटमा लाग्ने विभिन्न किरा तथा जुका मार्न सहयोग पुर्‍याउँछ ।

गाउँघरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मालिस गरिन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण