डेंगुबाट बच्न के गर्ने ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : डेंगु रोगबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाईबाट जोगिनु नै हो । यदि हामी लामखुट्टेको टोकाइबाट बच्न सक्यौं भने डेंगुबाट यसै पनि बच्न सकिन्छ । डेंगु एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाईबाट हुने हुँदा यसबाट जोगिन जरुरी हुन्छ ।
यसका लागि के के गर्ने त ?
पहिलो कुरा त यो जातको लामखुट्टे सफा पानी, पानी जम्ने स साना टीनका भाँडा, प्लाष्टिकका बट्टा, गमलाको पानी, पानी ट्यांकी, कुलर लगायतमा फुल पार्ने हुँदा यी स्थानमा पानी जम्न नदिने र सफा गरिरहने गर्नुपर्छ । यसैगरी राती सुत्दा झूल लगाएर सुत्ने, पूरा बाहुला भएको पुरै शरीर ढाकिने कपडा लगाउने, घरको झ्यालमा जाली हाल्ने, लामखुट्टे देखिएमा धुप बाल्ने गर्नुपर्छ । एडिस जातको लामखुट्टेले बढी मात्रामा साँझ घाम अस्ताउने बेला अघि र घाम उदाएको केही समयपछि बढी सक्रिय हुने हुँदा यो बेला अझ बढी चनाखो हुनुपर्छ ।
यदि एक्कासरी ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने, थकान महशुस हुने, टाउको भारी हुने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गई डेंगु जाँच गर्न आवश्यक छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड