Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

रक्तअल्पतादेखि मुटुरोगसम्मको औषधि : सिस्नो

रक्तअल्पतादेखि मुटुरोगसम्मको औषधि : सिस्नो

हेल्थ टिभी अनलाइन : चेतना अभावका कारण गाउँघरमा अधिकांशले सिस्नो खाँदैनन्। सिस्नोलाई गरिबको खानेकुरा भनेर हेलाँ गरिन्छ वा केही नहुँदा गर्जो टार्न मात्र सिस्नो खाने चलन छ।

यो दुःखका वेलामात्र खाने वस्तु होइन। सिस्नोमा फलाम आइरन, पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्त्व प्रचूर मात्रामा पाइन्छ।

कसरी खाने ?

सिस्नोलाई राम्ररी पखालेर उसिन्ने। पछि अन्य तरकारीजस्तै तेल, नुन, खुर्सानी, लसुन, टिमुर आदि पकाउने।

सिस्नो मसिनो गरी काटेर घाममा सुकाई धुलो बनाउने। उक्त धुलोलाई तरकारी र सुपमा राखेर पनि खान सकिन्छ ।

आजभोलि सिस्नोको चिया खाने चलन पनि छ। ग्रीन टी जस्तै सिस्नोको धुलो हालेर चिया बनाउन सकिन्छ ।

फाइदा

सिस्नोमा पाइने फलामले महिलामा रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ।

पाचन प्रणाली मजबुत बनाउन सहयोग गर्छ। साथै अपचको समस्या समाधान गर्छ।

हाडजोर्नी दुख्ने वा बाथको समस्या भएकाले सिस्नोको रस खाए फाइदा हुन्छ।

सिस्नो नियमित सेवन गर्दा मधुमेह र मुटुरोगबाट बच्न सकिन्छ।

यसले डीएनए क्षय हुनबाट बचाउँछ र नयाँ कोष निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।

कपास झर्ने समस्या र डण्डीफोर, दादलगायत छालाका रोग निर्मूल पार्नसमेत सिस्नो उपयोगी हुन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण