च्याउ खाँदा ख्याल गरौं, कतै विषालु त होइन ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : च्याउ भन्ने वित्तिकै मन नपराउने व्यक्ति कम नै होलान्। यो नेपालमा अत्यन्तै रुचाइने तरकारीमा समेत पर्दछ।
वर्षा ऋतुको आगमन सँगै जंगलमा विभिन्न थरीका च्याउहरु आफै उम्रिन थाल्छन्। ती मध्ये कतिपय जंगली च्याउ हुन्छन्। तर, जंगलमा पाइने च्याउहरु एकदमै विषालु हुने भएको हुदाँ यो खाँदा गम्भीर बिरामी परिने गर्दछ र कहिले काहीँ मृत्यु समेत हुने गर्दछ। यो च्याउ पकाएर खाँदा समेत यसको विष कम हुँदैन।
नेपालमा याे बेला विषालु च्याउ खाएर बढी बिरामी आउने गरेको पाइन्छ ।
त्यसैले च्याउ सेवन गर्दा जंगली च्याउ कहिले पनि नखाऔँ। यसको छनोट गर्दा चिनेर र सेवन गर्दा मज्जाले पकाएर मात्रै सेवन गरौं ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य