झाडा पखाला लागेमा के गर्ने ?
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गर्मी तथा वर्षायाम सुरु भएसँगै झाडापखाला तथा हैजा जस्ता रोगहरु फैलने हुँदा यो बेला सावधानी र सतर्कता अपनाउन असाध्यै जरुरी हुन्छ ।
झाडा पखाला हुना साथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खाने
प्रशस्त मात्रामा सफा तथा झोल कुराहरु पटक पटक खाने
नरम तथा सजिलै पच्ने खानेकुराहरु थोरै थोरै गरी पटक पटक खाने
स्वास्थ्यकर्मीले सिफारिस गरे बमोजिम जिंक चक्कीको मात्रा नबिराइकन खाने
व्यक्तिगत सरसफाईमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खाने
झाडा पखालाबाट बच्ने उपाय
चर्पीमा मात्र दिसा पिसाब गर्ने
दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिचिमिचि हात धुने
खाना बनाउनु र खानु अघि पनि राम्ररी साबुन पानीले हात धुने
पानी उमालेर ,फिल्टरगरेर वा एक लिटर पानीमा ३ थोपा क्लोरीन प्रयोग गरेर मात्र पिउने
बासी, सडेगलेको,झिंगा भन्केको खानेकुरा नखाने
खाने पानीको मुहान स्वच्छ, सफा र सुरक्षित राख्ने





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड