ग्यास्ट्रिकबाट जोगिन अपनाउनुस् यस्ता उपाय
हेल्थ टिभी अनलाइन : ग्यास्ट्रिक खासगरी जीवनशैलीले निम्तिने समस्या हो। यसैकारण समयमै उपचार गरे ग्यास्ट्रिक निको पार्न सम्भव हुन्छ। सबैभन्दा राम्रो त ग्यास्ट्रिक लाग्न नदिनु नै हो। यसका लागि स्वच्छ र ताजा खाना खाने, सागसब्जी, फलफूल, भिटामिनयुक्त खानामा जोड दिनुपर्छ।
दूषित तथा रासायनिक खाना र फास्टफुडले ग्यास्ट्रिक निम्त्याउन मद्दत पुर्याइरहेका छन्। त्यसभन्दा पनि बढी समयमा सन्तुलित भोजन नगर्नाले ग्यास्ट्रिक हुने समस्या घट्न नसकेको चिकित्सक बताउँछन्।
सबै खालका ग्यास्ट्रिकले सामान्यतया उस्तै लक्षण देखाउँछन् तर ग्यास्ट्रिकका कारण भने फरक हुन्छन् । कुनै ग्यास्ट्रिकले तुरुन्तै लक्षण देखाउँदैनन्। इन्डोस्कोपी गरेर नमुना जाँच गर्न पठाउँदा ग्यास्ट्रिक भए नभएको पत्ता लाग्छ।
वाकवाकी लाग्ने, कहिलेकाहिं पखाला लाग्ने, खान मन नलाग्ने, पेट फुल्ने, डकार आउने, अपच हुनेजस्ता ग्यास्ट्रिकका लक्षण हुन्। यी लक्षण देखिनेबित्तिकै उपचार गरेमा ग्यास्ट्रिकले अल्सर तथा क्यान्सरको रूप लिन पाउँदैन।
यस्ता छन् ग्यास्ट्रिकबाट बच्ने उपाय
सन्तुलित भोजन खाने
ठीक समयमा खाने
कम्तीमा दिनको चारपटक खाने
बढी नुन, अजिनोमोटो भएको र पोलेको खानेकुरा नखाने
बासी, ढुसी परेका खानेकुरा नखाने
खाना खानेबित्तिकै नसुत्ने
रक्सी, चुरोट नखाने
खानामा हरियो सागसब्जी र फलफूल प्रशस्त मात्रामा समावेश गर्ने।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण