उमेर नपुग्दै कपाल फुल्यो ? कालो बनाउन अपनाउनुस् यी घरेलु उपाय
हेल्थ टिभी अनलाइन : अचेल खानपान, जीवनशैली र वातावरणका कारण उमेर नपुग्दै केश फुल्ने समस्या बढ्दो छ। उमेर नपुग्दै केश सेतो हुने समस्या देखिँदा मानिसहरू विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन्।
यसले तत्कालका लागि केश कालो बनाए पनि त्यो क्षणिक हो। यस्ता सामग्रीमा पाइने रसायनले कपाललाई झन् हानि गर्छ। त्यसैले यसको समाधान प्राकृतिक रूपमा खोज्नुपर्छ। आफ्नै घर वरपर वा भान्सामा पाइने वस्तुबाट कपाल कालो पार्ने विधि अपनाउनुपर्छ।
पहिलो उपाय
नरिवलको तेलमा कागतीको रस मिसाएर केशमा मसाज गर्ने । यसरी मसाज गरेको एक घण्टामा धुने।
दोस्रो उपाय
कपालमा नियमित बदाम र नरिवलको तेल लगाउने। कपाल फुल्ने मात्र नभएर रुखो हुने समस्याबाट समेत यसले मद्दत गर्छ।
तेस्रो उपाय
अमलाको रस निरन्तर कपालमा लगाउने गरे पनि सेतो कपाल कालो हुन्छ ।
चौथो उपाय
कपालमा काँचो मेवा र कालो तिलको रस प्रयोग गर्न सकिन्छ।
साथै, केश स्वस्थ राख्न भिटामिन, मिनरल्स, फलाम ९आइरन०, कपर प्राप्त हुने पोषणयुक्त खानेकुरा खानुपर्छ । माछामासु, ग्रीन टी, सागपात, गाँजर, मेवा, आदि मात्रा मिलाएर खाँदा केश स्वस्थ रहन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण