गर्मीमा तातो हावा वा लुबाट कसरी जोगिने ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : गर्मीमा विशेष गरी तराई क्षेत्रमा तातो हावाका कारण लु लाग्ने गर्छ । लु लाग्दा व्यक्तिलाई सास फेर्न गाह्रो हुने, पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, छाला सुख्खा तथा तातो हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने, चक्कर लाग्ने तथा बेहोस हुने गर्छ । त्यसैले गर्मी सुरु भएर तातो हावा लाग्न थालेमा विशेष ख्याल गर्नुपर्छ । लुबाट जोगिन यस्ता क्रियाकलाप गर्न सकिन्छ ।
-दिँउसो सकेसम्म घरबाट बाहिर ननिस्कने
-फलफूलको रस र पानी प्रसस्त पिउने
-धेरै पसिना आएमा कहिले काहीँ जीवनजल पिउने
-बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओड्ने
-चिसो पानीले नुहाउने
-खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने
-मदिरा सेवन नगर्ने
-क्याफिनले धेरै पिसाब गराउँने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने
-चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने
यदि माथि उल्लेखित लक्षणहरु देखिएमा आफनो नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गरी उपचारका लागि जाने ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य